बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

इशाको उपचारका लागि तीन लाख सहयोग

इशाको उपचारका लागि तीन लाख सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८१, शनिबार

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ निवासी इशा वि.कको उपचारमा सहयोग पु¥याउन संकलन गरिएको छ ।
स्थानीय प्रेम बहादुर विककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले रकम संकलन गरिएको हो । उपचारको लागि ७ लाख रुपैयाँ लाग्ने अनुमान छ ।
दाङसिङ गुरुङ सम्पर्क मञ्च र दाङसिङ तमु समाज युकेको नेतृत्वमा रकम संकलन गरिएको हो । संकलित रकम तीन लाख २० हजार आठ सय ८२ रुपैयाँ शुक्रबार बिरामी इशा र बुबा प्रेमलाई हस्तान्तरण गरिएको छ ।
मञ्चका अध्यक्ष क्याप्टेन काजीमान गुरुङले रकम हस्तान्तरण गरेका हुन् । नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति मनोज गुरुङ, अन्नपूर्ण ८ का वडा अध्यक्ष विजय गुरुङ, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षत्री, सहसचिव नवीन सिग्देल, नेपाली कांग्रेस क्षेत्र नं ३ का सदस्य तिलकबहादुर कुँवरको रोहवरमा संकलित रकम हस्तान्तरण गरिएको हो ।
दाङ्सिङग तमु समाज यु.केका अध्यक्ष राजबहादुर गुरुङको नेतृत्वमा एक लाख ७० हजार पाँच सय ३७, दाङ्सिङ गुरुङ सम्पर्क मञ्चको नेतृत्वमा एक लाख ६ हजार आठ सय १५, अन्नपूर्ण गाउँपालिका वडा नं ८ बाट ३७ हजार र नेपाली कांग्रेस कास्कीका सदस्यहरुबाट ६ हजार पाँच सय संकलन भएको रकम संकलन समितिका संयोजक पुरण गुरुङले जानकारी दिए ।
मञ्चका अध्यक्ष क्याप्टेन काजीमान गुरुङले ढुक्कसँग उपचारमा ध्यान दिन आग्रह गर्दै आवश्यक परे अझै सहयोग संकलन गर्ने प्रतिवद्वता व्यक्त गरे । नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति मनोज गुरुङले मानवीय सेवा सबैभन्दा ठूलो धर्म भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->