बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विविधता र डिजिटल मिडिया : हाम्रो प्रतिबद्धता

विविधता र डिजिटल मिडिया : हाम्रो प्रतिबद्धता


  • ढोरपाटन संवाददाता
  • भाद्र १ २०८१, शनिबार

ढोरपाटन दैनिक कयैंन जटिलतालाई झेल्दै आजदेखि २२औं वर्षमा प्रवेश गरेको छ । मोफसलबाट दुई दशक बढी अविछिन्न रुपले दैनिक पत्रिका प्रकाशन हुनुलाई हामीले गौरवको रुपमा लिएका छौं । पछिल्लो समय रुग्ण बन्दै गएको व्यावसायिक सञ्चार उद्योग, सार्वजनिक खपतका लागि ‘कमसल सामग्री’ पस्केर समाजमा उत्तेजना फैल्याउने मिडियाको होडबाजीका बीच ढोरपाटन दैनिकले छुट्टै पहिचान नबनाएको भए यो यात्रा सम्भव थिएन ।

हाम्रो यात्रालाई यहाँसम्म ल्याइपु¥याउनुमा यस संस्थासँग प्रत्यक्ष÷अप्रत्यक्ष जोडिएर आफ्नो भूमिकालाई सक्रियतापूर्वक निर्वाह गर्नुहुने सम्पूर्णको योगदानको हामी सतत् प्रशंसा गर्दछौं । त्यसो त, सम्पूर्ण सहकर्मीहरुको अथक मिहिनेत र प्रतिवद्धता तथा सिर्जनशीलता र क्रियाशिलता पनि यो यात्रासँग जोडिएको छ ।

विद्युतीय सञ्चार माध्यमको चर्को दबाब खेप्दै मोफसलबाट प्रदेश राजधानी (गण्डकी प्रदेश राजधानी पोखरा) झर्ने आँटको मूल स्रोतको श्रेय सचेत पाठक वर्गलाई नै जान्छ । समाजको हरेक क्षेत्रमा फरक–फरक भूमिकामा रहनुहुने व्यक्ति, संघ÷संस्था, व्यावसायिक गृहहरु पनि विशेष धन्यवादको मुख्य हिस्सेदार हुनुहुन्छ । र, सधैं झैं ढोरपाटन दैनिकप्रति सबैको अपार माया, साथ र सहयोग निरन्तर रहने हाम्रो विश्वास छ ।
ढोरपाटन दैनिकको यात्रालाई यहाँसम्म ल्याउन सहकार्य गरी महत्वपूर्ण योगदान पु¥याउनुहुने श्रद्धेय पाठक, लगनशील कर्मचारी, सिर्जनशील पत्रकार, नियमीत स्तम्भकार, उत्साही वितरक, विज्ञापनदातासँगै सम्पूर्ण शुभेच्छुकप्रति २१औं वार्षिकोत्सवको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

हामी सत्य, निश्पक्ष, भरपर्दो, विश्वसनीय सूचना पाउने नागरिकको अधिकारलाई स्थापित गर्न निजी व्यावसायिक क्षेत्रबाट दीगो रुपमा सञ्चार उद्यम स्थापित गर्ने प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छौं । दीगो रुपमा स्थापित सञ्चारमाध्यमले मात्रै व्यावसायिक पत्रकारिताको संस्थागत जग बसाल्न सक्छ भन्ने संकल्पमा हामीबीच सामूहिक सहकार्य झन् झाङ्गिने छ भन्नेमा थप विश्वस्त छौं ।

लोकतान्त्रिक, गणतन्त्र र संघीयताको पूर्ण कार्यान्वयन, विकास र समृद्धिका लागि सफल राजनीतिक नेतृत्वको जरुरी छ । जसका निम्ति सञ्चार जगतको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ, भन्नेमा हामी स्पष्ट छौं । नागरिकलाई सुसूचित गरी सवलीकरण, स्थायी सुशासन, सेवा प्रदायकमा पारदर्शीताका निम्ति शासन सञ्चालकहरुप्रति हाम्रो खबरदारी निरन्तर रहने छ ।

भ्रामक, मिथ्या समाचार र नियोजित प्रचारबाजीको जगबाट गलत राजनीतिक परिपाटी स्थापित गर्ने शैली पछिल्लो समय सबैभन्दा बढी हानिकारक बनेको छ । समाजमा फैलिएको यो संक्रामक शैलीको रोकथाम गर्ने उपाय ‘तथ्यमा आधारित विश्वासनीय समाचार र विविधतापूर्ण विचार’ नै हो । यही ठम्म्याइका साथ ढोरपाटन दैनिकले आफ्नो कर्तव्य र दायित्व पूरा गर्ने प्रण गर्दछ ।

सेंवा प्रवाह र सुशासनले मात्र संघीयता बलियो हुन्छ भन्नेमा हामी स्पष्ट छौं । जिम्मेवार संचार माध्यमका रुपमा हामीले सो कार्यको लागि भूमिकाको खोजी पनि गरेकै छौँ । वार्षिकोत्सवको अवसरमा हामीले प्रकाशन गरेको ‘दैलोमा दरबार’ विशेषाङ्क पनि त्यही दायित्ववोधको प्रतिफल हो । विशेषाङ्कले उठान गरिएका विषय तथा सञ्चार सामाग्रीले सिर्जनात्मक बहसको उठान गर्नेछ र सकारात्मक परिणाम दिनेछ भन्नेमा हामी ढुक्क छौं ।
र, अन्त्यमा हामी सबैको भविष्यसँग जोडिएको ‘ढोरपाटन डिजिटल मिडिया’को विकसित रुपलाई विस्तार गर्ने हाम्रो पहिलो प्राथमिकतामा रहेको छ । डिजिटल मिडियामा युग सुहाउँदो परिवर्तनसँगै सुधार गरेर प्रतिस्पर्धात्मक बजारमा अगाडि बढ्ने यस वार्षिकोत्सवको अवसरमा प्रण गर्दछौँ ।

हरिनारायण गौतम
अध्यक्ष/प्रधान सम्पादक

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->