बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अति सर्वत्र वर्जयेत् !

अति सर्वत्र वर्जयेत् !


  • Dhorpatan News
  • भाद्र १९ २०८१, बुधबार

केही दिनयता सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको ‘तेजोवध’ गर्ने प्रयत्न भएको छ । काठमाडौंका मेयर बालेन्द्र साहका समर्थकहरुबाट चलाइएको ‘प्रधानमन्त्री ओलीलाई नपछ्याऊ ( अनफलो) अभियान’ कै कारण कतिपयले ओलीलाई भर्चुअल रुपले पछ्याउन छाडेको दाबी गरिएको छ । प्रधानमन्त्री ओलीका विपक्षीहरुले उनलाई फेसबुकमाप पछ्याउने घट्दा हर्षबढाइँ गरेका छन् । आम निर्वाचनमा मतदाता घटेकै रुपमा यो प्रकरणको व्याख्या गर्न थालेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली समर्थितले चाहिँ यो कार्यलाई ‘वाहियात र घृणा अनि उत्तेजना फैलाउने’ गलत मनशाय प्रेरित भएको बताएका छन् । सडकमा हैन, यतिबेला ओलीका प्रशंसक र विरोधीहरु सामाजिक सञ्जालमा दोहोरी गाइरहेका छन् ।
यो घटनालाई शूक्ष्म रुपले हेर्ने हो भने यहाँ कसैले जितेको छैन । सामाजिक सञ्जालले आफ्नो हैकम प्रमाणित गरेको छ । सामाजिक सञ्जाल शक्तिशाली हुँदै गएकोमा द्विविधा रहेन । सूचना र मनोरञ्जनको स्रोतको रुपमा रहेको सञ्जालले अभियन्तासँग जोडिएर रचनात्मक काम गरिदिन्छ । कहिले कुपात्रसँग जोडिएर हिंसा र घृणा फैलाउने काम गरिदिन्छ । सामाजिक सञ्जालसँग अथाह ज्ञान दिनसक्ने, छिनमै मान्छेको मनस्थिति बदल्न सक्ने अनि विचार निर्माणको नयाँ अध्याय सुरु गर्ने सामथ्र्य छ । अहिले भएको यत्ति हो भनेर बुझ्दा अन्यथा हुँदैन । तर, जसरी सामाजिक सञ्जाललाई व्यक्तिको मानमर्दन गर्ने हतियार बनाइएको छ, यसले आउँदा दिन कति डरलाग्दा हुनसक्छन् भन्ने संकेत पनि गरेको छ । अमूक व्यक्तिबाटगलत कार्य भए त्यसको प्रतिवाद गर्न मिल्छ । तर्क र तथ्यले उनलाई गलत सावित गर्न सकिन्छ । तर,अभियान नै चलाएर कसैको मानमर्दन गर्न चाहिँ पाइँदैन÷मिल्दैन । कसैलाई पछ्याउने वा छाड्ने भन्ने निर्णय गर्न व्यक्ति स्वतन्त्र छ । तर, कसैको उक्साहटमा लागेर व्यक्तिको मानमर्दन गर्नेगरी अभियानमा सामेल हुनुलाई चाहिँ स्वविवेक गुमाउँदै गएको रुपमा पनि बुझ्न सकिन्छ । बाच्छो खानेले पाडो बाँकी राख्दैन । आज कसैविरुद्ध प्रयोग भएको हतियार भोलि आफैमाथि पनि प्रयोग हुनसक्छ भन्ने बुझ्दामात्र पनि यो अभियानको निरर्थकता सावित हुन्छ ।
हो, विज्ञानबाट प्रदत्त वरदानको विश्वभर नै उपयोग–दुरुपयोग दुबै भएको छ । गलत क्रियाकलाप नियमन र दण्डित गर्न तथा समुचित प्रयोगबारे सिकाउन स्वयं सञ्जाल अनि सरकारहरुले प्रयत्न गरिरहेका छन् । तर, सञ्जालमार्फत् नै घृणा फैलाउने,हिंसा भड्काउने तथा अमूक व्यक्तिको चरित्र हत्या गर्ने कार्य रोकिएको छैन । नेपालजस्तो अल्पविकसित राष्ट्र यो मामिलाबाट पर हुने कुरै भएन । प्रहरीले सार्वजनिक गरेका विभिन्न प्रतिवेदनलाई आधार मान्ने हो भने नेपालमा साइबर अपराध बढ्दो क्रममा छ । सामाजिक सञ्जालको दुरुपयोग बढेको छ र मान्छेलाई मानशिक रोगी बनाउने, चरित्र हत्या गरिदिने अनि आत्महत्यासम्म पु¥याउने काम पनि भएको छ । जुन सर्वथा गलत छ । नियमन र गलत गर्नेमाथि सख्त कारवाही जरुरी छ । अतिलाई सबै ठाउँमा वर्जित गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->