बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्वास्थ्य सेवा बिस्तार गरियोस्

स्वास्थ्य सेवा बिस्तार गरियोस्


  • Dhorpatan News
  • असोज २ २०८१, बुधबार

प्रसूती व्यथाले च्यापेकी ढोरपाटन नगरपालिका ९ की पूर्णिमा बिकको बढो मुस्किलले ज्यान जोगिएको छ । नजिक सुविधा सम्पन्न स्वास्थ्य केन्द्र नहुँदा र बर्खामा मोटर नचल्दा उनको ज्यान जोखिममा परेको थियो । धन्न, नेपाली सेनाले गाडी उपलब्ध गरायो र ढिलो भए पनि उनको उपचार सम्भव भयो । ढोरपाटन नगरपालिकामा गएको वर्ष ५९ जना महिलाहरु घरमै सुत्केरी भए । घरमा सुत्केरी गराउनुलाई जोखिमपूर्ण मानिन्छ । तर, गाउँलेहरु विवश छन् । भौगोलिक कठिनाइ, संरचनागत विकास र दक्ष जनशक्ति अभावका कारण यो अवस्था अएको स्वास्थ्य क्षेत्रका व्यक्तिहरुले नै स्वीकारेका छन् । शतप्रतिशत संस्थागत ढोरपाटन नगरपालिकाको ९ वटा वडामा ३ वटामा मात्रै स्वास्थ्य चौकी छन् । त्यसबाहेक नगरपालिकाको केन्द्र रहेको बुर्तिवाङमा प्राथमिक स्वास्थ्य केन्द्र छ । तर, प्रसूतीका लागि जनशक्ति नै छैन ।
जसका कारण पूर्णिमाले भोगेकोजस्तै दुःख दूरदराजका गाउँमा बस्ने अन्य नागरिकले पनि भोग्दै आएका छन् । संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारको रुपमा प्रतिस्थापित गरे पनि दूरदराजमा बस्ने नागरिकहरुले त्यो अधिकार उपयोग गर्न पाएका छैनन् । यो अवस्थाको अन्त्य गर्न सरकारले गरेका प्रयत्नहरु प्रभावकारी बन्न सकेका छैनन् । दूरदराजका गाउँहरुमा स्वास्थ्य केन्हरु स्थापना गरे पनि ती सुविधा–सम्पन्न छैनन् । दक्ष चिकित्सक नहुनुको पीडा अर्को छ । राज्यले नागरिकले भोग्नु परेको यो पीडा दूर गराउने प्रयत्नको थालनी गर्नुपर्छ । गाउँगाउँमा दक्ष चिकित्सक खटाउनै पर्छ । किन चिकित्सकहरु गाउँ जान चाहँदैनन् भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । अहिलेकै पारिश्रमिकले कुनै पनि चिकित्सक गाउँमा जाँदैनन् । दूरदराजका गाउँमा जाने चिकित्सकका निम्ति कम्तिमा खान पुग्ने तलब व्यवस्था गर्नुपर्छ । यसका अलावा स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउनेतर्फ पनि उत्तिकै ध्यान दिनुपर्छ । त्यसो गर्न सकेमात्र सबै नागरिकसमक्ष स्वास्थ्य सेवा पु¥याउन तथा नागरिकलाई अकाल मृत्युबाट जोगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->