सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

लायन्स पोखरा चौतारी सहित चार क्लबको संयुक्त पदस्थापन

लायन्स पोखरा चौतारी सहित चार क्लबको संयुक्त पदस्थापन


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०८१, शनिबार

पोखरा/ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपाल अन्तरगतको ४ वटा क्लवहरुको संयुक्त पदस्थापन सम्पन्न भएको छ । शुक्रबार साँझ भएको रिजन १६ अन्तर्गतको जोन ३१ मा रहेका क्लबहरु लायन्स क्लब अफ पोखरा चौतारी, न्युरोड चौतारी, सुन्दर चौतारी र लियो क्लव अफ पोखरा चौतारीका वर्ष २०२४÷०२५ का नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको हो ।

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपालका गभर्नर मिलन थापाले ४ वटै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराएकी थिइन । गभर्नर थापाले पदस्थापित भएका पदाधिकारीहरुले आगामी दिनमा लायन्सको पदिय जिम्मेवारी अनुसारको जिम्मेवारी निर्वाह गर्नेमा आफु आसावादी रहेको बताईन । उनले पछिल्लो समय बर्षासंगै देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण ठुलो मात्रमा धनजनको क्षति भएको उल्लेख गर्दै क्लवहरुले पीडितहरुका लागि उद्धारसंगै राहतका कार्यमा लागेको बताइन् । गभर्नर थापाले गत साउनमा गोरखाको धार्के लगायत विभिन्न ठाउँहरुमा ठुलो मात्रामा धनजनको क्षति भएकाले लायन्स अन्तराष्ट्रियबाट रकमबाट सहयोग गरेको बताइन । उनले यस पटक पनि बाढीपहिरो पीडितका लागि लायन्स अन्तराष्ट्रियको डिजाष्टर फण्डबाट १५ हजार अमेरिकी डलर उपलब्ध भएको बताउदै विभिन्न ठाउँका पीडितका लागि सहयोग गर्ने योजना बनाएको बताइन् । उनले विपत्तिमा परेका नागरिकका लागि क्लवस्तरबाट पनि सहयोग गर्नका लागि आग्रह गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि एव पदस्थापन अधिकृत डिस्ट्रिक्ट गर्भनर थापाले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यको निरन्तरता दिदै समाजमा सकारात्मक शन्देश प्रवाह गर्ने गरि कार्य गर्नु पर्ने बताइन् ।  गभर्नर थापाले क्लब प्रवेश गरेका नयाँ सदस्यलाई लायन्सको इतिहाँसका वारेका वारेमा जानकारी गराउदै पदाधिकारीहरुलाइ सपथ ग्रहण समेत गराएकी थिइन् ।

पुर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठले डिष्ट्रिक गभर्नर थापासहित क्लव पदाधिकारीहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेको उल्लेख गरे । उनले डिष्ट्रिक गभर्नर थापासहित पदाधिकारीको योगदानकै कारण उत्कृष्ट डिष्ट्रिक बन्न सफल भएको बताए । त्यसैगरी पूर्व डिष्ट्रिक गभर्नर योगेन्द्र प्रधानले विगतमा नेपाल गभर्नर बन्नका लागि झेलेका कष्ट उल्लेख गरे । लायन वर्ष २०२३/०२४ मा गरेका सामाजिक कार्यका वारेमा लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष ऐनबहादु ऐर, न्यूरोड चौतारीका अध्यक्ष अर्जुनप्रसाद पौडेल, सुन्दर चौतारीका मिना भट्टराई र लियो पोखरा चौतारीका सहनशित पौडेलले जानकारी गराएका थिए । उनीहरुले आफ्नो कार्यकालयमा स्वास्थ्य, शिक्षा, वातावरण, खानेपानी लगायतका क्षेत्रमा कार्य गरेको उल्लेख गरे ।

त्यसैगरी लायन वर्ष २०२४/०२५ का लागि पोखरा चौतारीका अध्यक्ष परशुराम पौडेल, न्यूरोड चौतारीका अध्यक्ष माधब बास्ताकोटी, सुन्दर चौतारीका हरिमाष दजाडी र सहनशिल बरालले हालसम्म गरेका कार्यसहित भावी योजना प्रस्तुत गरेका थिए । उनीहरुले समेत आगामी योजनामा स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता ब्याक्त गरे ।
कार्यक्रमको पहिलो सत्रको अध्यक्षता पोखरा चौतारीका २०२३/०२४ अध्यक्ष ऐनबहादुर ऐरले गरेका थिए । कार्यक्रमका स्वागत मन्तब्य पोखरा चौतारीका पूर्वअध्यक्ष एवं पूर्व डिष्ट्रिक गभर्नर ध्र्रुबधबहादुर थापाले गरेका थिए ।  कार्यक्रम संचालन पोखरा चौतारीका पूर्व अध्यक्ष एवं जोनचेयर पर्सन राजेन्द्रबहादुर कार्कीले गरेका थिए । त्यस्तै कार्यक्रममा धन्यवाद ज्ञापन क्लवका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट सचित कृष्णबहादुर अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->