बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अनुसन्धानमा सबैले सघाऔं

अनुसन्धानमा सबैले सघाऔं


  • Dhorpatan News
  • कार्तिक ७ २०८१, बुधबार

पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनी माथी अनुसन्धान शुरु भएको छ । सहकारीको रकम कंपनीमा ल्याएपछि अपचलन गरिएको आरोप उनीमाथी छ । उनले के कति रकम अपचलन गरेका छन्, आरोप सत्य हो वा होइन, त्यो खोजीकै बिषय होला, तर सहकारी पीडितहरु त सडकमै छन् । उनीहरुले आफ्नो बचत रकम फिर्ताको माग गरिरहेका छन् । मजुदरी गरेको ज्याला देखि चिया पसल गरेर कमाएको लाखौं रकम बचत गरेकाहरु अहिले चिन्तामा परेका छन् । सडकमा आन्दोलित छन् ।

त्यसो त लाछिानेले जस्तै धेरैले सहकारीको संचालक भएर रकम अपचलन गरेका छन् भने कोही पर्दा भित्र बसेर रकम ठगेका छन् । जसका कारण हजारौं नागरिक ठगिएका छन् । बर्षौदेखि रकमको खोजी गरेका नागरिकको न्यायमा साथ दिनुपर्नेमा नेता कार्यकर्ताले भने कोही नेता पक्राउ परेको बिरोधमा अनुसन्धान प्रकृयालाई प्रभावमा पार्ने काम गरेका छन् । त्यो राम्रो बिषय होइन । अनुसन्धान गरेर कोही व्यक्तिलाई सफाइ दिने अदालतको काम हो । अदालतमा लैजानै नदिने, प्रहरीले अनुसन्धान गर्नै नपाउने गरी गरिएका अबरोध भने निन्दनीय छन् ।

त्यसो त सत्ता साझेदार दल भित्रका उच्च नेता पनि विभिन्न ठगीमा मुछिएका छन् । चाहे कांग्रेस नेता धनराज गुरुङ हुन्, चाहे एमाले नेता केवी उप्रेती र यो ऋखलामा जोडिएका सबै नेता अनुसन्धानको दायरामा आउनै पर्छ । उनीहरुलाईपनि अनुसन्धानकालागि पक्राउ गर्दा दलका नेताकार्यकर्ताले अबरोध गर्न मिल्दैन । यद्यपी यस अघिपनि गृहमन्त्री भैसकेका हरु कृष्णबहादुर महरा, बिजयकुमार गच्छदार, बालकृष्ण खाँडहरु पक्राउ परेका हुन् । जेल पनि बसेका हुन् । तर त्यतिबेला दलहरुले बिरोध गरेर राज्यका निकायलाई काम गर्न रोकेका भने थिएनन् ।

अझै दर्जनौं ठगीका फाइल खोल्न बाँकी छ । ती प्रकृयागत रुपमा खोलिनेछन् भन्ने कामना गर्नुनै पर्छ । त्यसकालागि दवाव पनि सिर्जना गर्नुपर्छ । तर एउटा पात्र जोगाउन अर्कोलाई किन नपक्रेको भन्ने भास्य सिर्जना गर्नु भने गलत छ । नेपालमा पछिल्लो समय भ्रष्टाचार मौलाएको छ । त्यसले जरो गाड्दा आम नागरिक पीडित भएका छन् । पीडितको समस्या समाधानमा राज्यले चासो नदिएपछि कैयौं नागरिकहरु राजनीतिक दलबाट अलग भएका छन् । उनीहरुले दलप्रतिको विश्वास गुमाएकै कारण देश छाडेर हिड्ने क्रम बढ्यो । व्यवसाय धरासायी भएको छ । ग्रामीण बस्ती त रित्ता छन् । समस्या समाधान होला भन्दा हरेक नेता र मन्त्रीपरिषदमा पुग्नेले पनि भ्रष्टाचारकै लाइन समातेको देखिन्छ । अब अति नै भएको छ । भ्रष्टाचारीलाई जेल हालेर नयाँ पुस्ताले नयाँ ढंगले सोचेर देशको बिकासमा योगदान गरेमा मात्रै देशको अस्तित्व बच्ने अबस्था छ । नत्र भने देशको अबस्था झनझन् बिग्रेर जानेछ ।

हरेक दलहरुले आफ्नो अस्तित्व जोगाउने हो भने युवालाई अगाडि बढाउनु पर्छ । त्यसो त युवा राजनीतिमा आउँदैमा समस्या समाधान हुने पनि होइन । उनीहरु झन अराजक, भ्रष्ट बन्दै जाने हो भने राजनीतिप्रतिको बितृष्णाले देशमा निरंकुशता जन्मनेछ । सहकारी ठगीको लहरबाट आएको बितृष्णा राजनीतिमा घोप्टिने खतरा छ । त्यसप्रति अन्तिमपटक दलहरुले सोच्ने बेला आइसकेको छ । राजनीतिको बिकल्प राजनीतिनै हो तर यो परिस्थिति रहेमा राजनीतिको बिकल्प निरंकुश बन्ने खतरा छ । त्यसबारे बेलैमा सोचौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->