पोखरा / चेक अनादर मुद्धामा जिल्ला अदालत कास्कीले व्यवसायी अनिल सिग्देललाई २ बर्षको कैद सजाय सुनाएको छ । पोखरा उपमहानगर १३ का अनिल सिग्देल कास्की जिल्ला अदालतको फैसला अनुसार अब २ वर्ष जेल बस्न पर्ने भएको छ ।
पोखरा कै व्यवसायी देवकृष्ण काफ्लेले दिएको मुद्दामा जिल्ला अदालत कास्कीका न्यायाधिश कृष्णजंग शाहको इजलासले व्यवसायी सिग्देललाई दोषी ठहर गर्दै २ वर्ष कैद हुने आदेश सुनाएको हो । यो आदेश कात्तिक ९ गते शुक्रवारको हो ।
व्यवसायी काफ्ले र सिग्देल दुवै जना पोखरा उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य हुन । उनीहरुबीच ४५ लाख रुपैयाँको लेनदेन थियो । सावाँ र ब्याज गरी करिब ७० लाख रुपैयाँ तिर्न भएका सिग्देलले काफ्लेलाई दिएको चेक बाउन्स भएपछि चेकअनादरको मुद्दा दर्ता गराएका थिए ।
मुद्दाको फैसलापछि सिग्देल फरार भएकाले जिल्ला अदालत कास्कीले पक्राउ गरी अदालतमा पेश गर्न कास्की प्रहरीलाई पत्र पठाएको छ । हाल सिग्देल फरार छन ।






