आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सलाइको काँटीको पटका बनाउँदा एक किशोर घाइते

सलाइको काँटीको पटका बनाउँदा एक किशोर घाइते


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०८१, सोमबार

पोखरा / सलाइको काँटीलाई पटका बनाउन खोज्दा पोखरा एक किशोर घाइते भएका छन्। सोमबार दिउँसो करिब साढे ३ बजेको समयमा पोखरा महानगरपालिका २१ फुर्सेखोला रोइकरेमा सलाइको काँटीले पटका बनाउन खोज्दा अचानक पड्कदा १७ वर्षीय असिम परियार घाइते हुन पुगेका हुन्।

तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगे पनि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पताल लगेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार असिमले २० बट्टा सलाइको काँटी जम्मा गरी आल्मुनियमको पातामा राखेका थिए। सोही आल्मुनियमको पाता पड्कँदा उनी घाइते हुन पुगेका हुन्। उनको अवस्था सामान्य भए पनि थप उपचारका लागि काठमाडौं पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->