
पोखरा / मर्दी हिमाल आरोहणका क्रममा खसेका गाइड लालबहादुर तामाङको शव २०० मिटर तलको खोचबाट निकालिएको छ। खोजबिनका लागि गएको उद्धार टोलीले तामाङको शवलाई भिरको खोंचबाट समथर ठाउँमा ल्याएको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले बताए। कात्तिक २५ गते मर्दी हिमाल आरोहणमा नर्वेका आरोहीलाई लिएर गएका ६२ वर्षीय तामाङ लडेका थिए।
हेलिकोप्टरबाट रेकी गर्दा मंगलबार बिहान शव भएको स्थान पत्ता लागेको थियो। त्यसपछि उद्धार टोली खटिएको हो। लाक्पा छिरिङ शेर्पा, छिरिङ लामा भोटे र पासाङ शेर्पाको टोलीले पाँच हजार ३०० मिटरबाट करीब ७०० मिटर तल भिरको खोंचमा रहेको शवलाई निकालेको हो। उनीहरूले खोंचबाट २०० मिटरमाथि समथर स्थानमा ल्याएर शव सुरक्षित राखेका छन्।
खोंचबाट निकालेर २०० मिटरमाथि समथरमा ल्याइएको शव।





