बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गाउँमा अडिने वातावरण बनोस्

गाउँमा अडिने वातावरण बनोस्


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८१, आइतबार

मंसिर महिना, किसानहरुलाई धान भित्र्याउने चटारो छ । तर, गाउँमा श्रम गर्ने जनशक्तिको अभाव देखिन थालेको छ । पोखरा उपत्यकामा बढ्दो सहरीकरणले खेतीयोग्य जमिन मासिँदै गएको छ । मगमग बास्ना आउने जेठोबुढो र पहेँलेको खेती घट्दो छ । बरु, धान फल्ने फाँट क्रंक्रिटको जंगल बन्दै गएको छ । तीव्र सहरीकरण कायमै रहे अबका केही वर्षपछि पोखराका फाँटहरुमा धान पनि फल्थ्यो र ? भन्नेहरु बढेर जानेछन् । पोखरा तीव्र र अव्यवस्थित सहरीकरणको चपेटामा छ ।

त्यसो त, पछिल्लो समय सडक पुगेका ग्रामीण क्षेत्रमा पनि फाँटहरुमा तीव्ररुपले बस्ती विकास भइरहेको छ । जसले गर्दा एकातिर उत्पादकत्व घट्दो छ भने अर्कोतर्फ गाउँहरु रित्तिँदै छन् । सेवा र सुविधाहरु सहर केन्द्रीत हुँदा बसाइँसराइ बढेर गएको हो । जबसम्म गाउँमै शिक्षा,स्वास्थ्य र रोजगारीजस्ता आधारभूत सेवा दिन सकिँदैन तबसम्म बसाइँसराइ रोकिँदैन । बसाइँसराइले खेतीयोग्य जमिन मासिन्छ । जनसंख्या एकै ठाउँमा थुप्रिँदा जग्गाको भाउ बढ्छ । विकासमा असन्तुलत देखा पर्छ ।

औद्योगिकीकरण वा सहरीकरणले मानिसलाई तान्छ । मानिसहरु त्यही क्षेत्रतिर आकर्षित हुन्छन् र त्यसले घरजगगको मूल्य वृद्धि हुन्छ भन्ने मान्यता छ । तीव्र सहरीकरण वा बसाइँसराइलगायतका मानवीय गतिविधि पनि घरजग्गाको भाउ बढ्नुको कारण हुन् । यस मानेमा घरजग्गाको भाउ बढ्नुलाई सकारात्मक रुपले लिनुपर्छ ।तर,राष्ट्र बैंकको अध्ययन अनुसार नेपालमा भएको बसाइँसराइले जग्गाको भाउमात्र बढाएको छैन, नयाँ चुनौतीहरु पनि खडा गरिदिएको छ ।

सहरमा जग्गाको अचाक्ली भाउ बढ्नु र गाउँहरु खाली हुँदै जानुलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिँदैन । गण्डकीकै हकमा कुरा गर्ने हो भने यो क्षेत्रमा सहरीकरण बढेको छ । गाउँबाट सहरमा आउनेहरु बढेका छन् । सेवा र सुविधा सहरमा केन्द्रीत भएकाले बसाइँसराइ बढेको हो । यो रोकिनु आवश्यक छ । गाउँमै शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरु सिर्जना गर्ने हो भने सहर झर्ने क्रम रोकिन्छ । सहर झर्ने क्रम रोकिँदा मूल्य वृद्धि पनि स्वतःरोकिन्छ । तर, त्यसको लागि गाउँमै बस्ने वातावरण बनाउनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->