बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कलिला आँखा जोगाऔं

कलिला आँखा जोगाऔं


  • Dhorpatan News
  • मंसिर ११ २०८१, मंगलबार

ग्रामीण क्षेत्रमा पुगेर आँखा शिविर गर्दा उमेर पुगेकाहरुको भन्दा बालबालिकाको आँखामा बढी समस्या देखिएको छ । अधिकांस बालबालिकाले टाढाको देख्नै नसक्ने पाइएको हो । नियमित बिद्यालय जाने बालबालिकाले पनि कालोपाटीमा लेखेको देख्न नसकेको पाइएको हो । उनीहरु मध्ये कतिपयको नजिक पनि नदेख्ने समस्या छ भने कतिपयको आँखा घुम्ने समस्या भेटिएको छ ।

आँखाको समस्या भएकाहरु नियमित भेटिने, उमेर पुगेकाहरुमा अपरेशन समेत गर्नुपर्ने बाध्यता त धेरैको हुने गरेको छ । तर साना बालबालिकामा यस्तो समस्या देखिंदा हामीले समयमा चासो राख्नुपर्ने बेला भएको छ । समस्या देखिएका बालबालिकाको समयमा उपचार गर्ने कुरा पहिलो दायित्व हो भने यस्तो समस्या हुनै नदिने बिषय थप जटिल बनेको छ । समस्या देखिएकाहरुपनि बिपन्न परिवारका छन् । कतिपयले त उपचार कताग एर गर्ने हो भन्ने थाहा समेत नपाएकाहरु छन् ।

थाहा भएर पनि आर्थिक अबस्था कमजोर हुँदा उपचारमा नजाने अभिभावक पनि छन् । त्यस बाहेक बालबालिकामा एकैपटक यतिधेरै समस्या किन र कसरी आयो भन्ने अर्को अनुसन्धानको पाटो भएको छ । शिविर संचालन गर्दा अधिकांस बालबालिकाकै आँखामा समस्या देखिने गरेको चिकित्सकहरु पनि बताउने गर्छन् । पछिल्लो समय त गैरसरकारी संस्थाले पनि आँखा उपचारको कार्यक्रम ल्याएका छन् । लायन्स क्लबहरु र केही अस्पतालले समेत सामाजिक सेवाको रुपमा आँखा शिविर राख्ने गरेका छन् । तर उनीहरुले शिविरमा औल्याएका समस्या र भेटिएका केशहरु उपचारमा नपुग्ने गरेको अध्ययनले देखाएको हो ।

उपचारमा नपुग्नेहरु अधिकांस आर्थिक अबस्था कमजोर भएका, दलीत समुदाय र ग्रामीण क्षेत्रका छन् । त्यसो त सहरका बालबालिकामा पनि आँखाको समस्या दिनदिनै बढीरहेको छ । सहरमा बस्नेले धेरै मोवाइल हेर्ने कारणले यस्तो समस्या आएको हुन सक्ने आंकलन छ भने ग्रामीण क्षेत्रमा देखिएको समस्या बारे अध्ययन गर्नुपर्ने अबस्थामा छ । पोषण तत्वको कमी देखि गर्भ अवस्थामा आमाले उचित खोप र उपचार नपाएको बिषय पनि हुन सक्ने आंकलन छ । तर यथार्थता पत्ता लाग्नकालागि बालबालिकाको उपचार सँगै अध्ययन अनुसन्धान हुन समेत जरुरी छ ।

उपचार सेवा नभएको बेला हुने समस्याहरु अबको समयमा देखिन नहुने हो । तर ग्रामीण क्षेत्रमा यस्तो समस्या देखिन थाल्दा जनस्वास्थ्यको समेत चिन्ता हुनुपर्ने बेला आएको छ । पछिल्लो समय बढीरहेको जंग फूड खाने सस्कृति, तरकारीमा राखिने बिषादी लगायतले पनि यसता समस्यामा मलजल गरेको हुन सक्छ । हामीले खाने तरकारी देखि अन्य खाद्यबस्तु कतिको गुणस्तर छ भन्ने मापन गर्ने चलन नै छैन । जसका कारण ग्रामीण बस्ती सम्म खाद्यबस्तुको नाउँमा बिषादी पुगेको पनि हुन सक्छ । सचेत भएर अर्गानिक उत्पादन खाने बानीको बिकास गर्नुपर्नेमा सजिलो र मूल्यमा सस्तो खोजेर बिकासे र बजारका खानेकुरा खाने चलन बढ्दा यो समस्या आएको नहोला भन्न सकिंदैन ।
अब भएका समस्या समाधान गर्ने र नयाँ रोगहरु थपिन नदिन समयमा सरोकारवालाको चासो हुनु आवस्यक छ । त्यस बाहेक बिद्यालयमा पनि जनस्वास्थ्यको शिक्षा दिनुपर्ने बेला भएको छ । जे होस्, पछिल्लो दिनमा बालबालिकामा नसर्ने र जटिल प्रकारका स्वास्थ्य समस्या देखिएको घटनालाई नजरअन्दाज गरेर बस्न हुँदैन । सबै समयमा सचेत बनौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->