सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बसाइसराइ राज्यको लागि चुनौती : मन्त्री पाठक

बसाइसराइ राज्यको लागि चुनौती : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०८१, सोमबार

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बसाइसराईले ग्रामिण क्षेत्र निरश र उराठ बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै राज्य यसप्रति गंभीर बन्नुपर्ने बताएका छन् । ‘पछिल्लो समय गाउँघर रित्तिने परिस्थिती बनेको छ, शहर केन्द्रित गाउँका नागरिकलाई आफ्नो थालथलोमा कसरी टिकाउनेबारे राज्य गंभीर बन्नुपर्छ’ मन्त्री पाठकले भने, ‘अत्यासलाग्दो गाउँबाट शहरको बसाइसराइ रोक्न राज्यले योजना बनाउनुपर्छ ।’
बसाइसराई रोक्न गाउँमा कुटिरदेखि ठूलो उद्योग र कलकारखाना स्थापना गर्नुको विकल्प नरेको मन्त्री पाठकको भनाई थियो । उद्योगधन्दा खोलेर गाउँमै रमाउन चाहने युवाहरुका लागि राज्यले प्राथमिकता दिन र वातावरण बनाउन ढिला गर्न नहुने पाठकले बताए । उच्च शिक्षाका नाममा भईरहेको बौद्विक पलायनले देश विकासमा क्षति पुग्नेप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पाठकले भने, ‘देशको लागि चुनौती बनेको बसाइसराई रोक्न, ग्रामिण क्षेत्रमा स्वास्थ्य र शिक्षालाई सर्वसुलभ र जनमुखी बनाउनुपर्छ ।’ शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार गर्दै गाउँमा रोजगारको अवसर सिर्जना गर्न बसाइसराई र विदेश पलायन रोकिनेमा आफु विश्वस्त रहेको मन्त्री पाठकको भनाई थियो ।
स्वास्थ जीवनयापनको लागि गाउँको बसाई सुखद रहेको उनको भनाई थियो । ‘गाउँमा उत्पादित अनाज र तरकारी स्वास्थ्यका लागि लाभदायी छ’ सोमबार दक्षिण बागलुङको जैमिनी नगरपालिका वडा नं. ९ पैयुथन्थापमा आयोजित ‘एक घर एक बाल्टी’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाठकले गाउँघरमा सडक, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुविधा विस्तार भइरहँदा बराइसराई अन्त्य गर्नुपर्नेमा जोड दिए ।
राज्यले खर्बाै लगानी गरेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री पाठकले सामुदायिक विद्यालयलाई अब्बल बनाउन अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताए । एआईको जमानामा शिक्षकलाई परिवर्तित हुन उनले आग्रह गरे । ‘अब सामुदायिक विद्यालयले संस्थागत विद्यालयसंग प्रतिष्पर्धा गर्नुपर्छ’ मन्त्री पाठकले भने, ‘अभिभावकले सामुदायिक विद्यालयको निरन्तर निगरानी गर्ने हो भने संस्थागत विद्यालयको हैसियतमा पुग्छन् ।’ हाम्रा बालबालिकालाई सामुदायिक विद्यालयमा पढौ पढौं लाग्ने बनाउन अभिभावक र शिक्षकको महत्वपूर्ण भूमिका हुने मन्त्री पाठकको भनाई थियो ।
ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थालाई सुदृद्व गर्न आफु निरन्तर लागिपरेको बताउँदै मन्त्री पाठकले औषधि अभाव नहोस्, स्वास्थ्यकर्मी पर्याप्त हुन र जनताले सेवा पाउन भन्नेबारे गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय संवेदनशिल रहेको बताए । विकटका जनतासंग सबैभन्दा नजिक रहेका महिला स्वयम्सेविकालाई प्राप्त हुने सेवासुविधा अपर्याप्त रहेको मन्त्री पाठकले स्वीकारे । ‘म अरुले बनाएको बजेटमा काम गरिरहेको छु, अब बन्ने बजेटमा स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकाको स्तरोन्नति, वृत्ति विकास र क्षमता अभिवृद्विको निमित्त विशेष कार्यक्रम बजेटमार्फत ल्याउने योजना बनाएको छु ।’
फोहोर व्यवस्थापनका लागि ‘एक घर एक बाल्टी’ अभियान थालेको पैयुथन्थापले पहिलो चरणमा वडाका ६ सय घरधुरीलाई बाल्टी वितरण गरेको छ । ७ सय १४ घरधुरी रहेको पैयुथन्थापका बाँकी रहेका घरधुरीलाई यसै वर्ष बाल्टी वितरण गरिने वडा अध्यक्ष सन्देश थापाले जानकारी दिए ।
वडाको ७ लाख बजेटबाट बाल्टी खरिद गरी वितरण गरिएको हो । फोहोर व्यवस्थापनका आफ्ना नागरिकलाई सचेतनामुलक कार्यक्रम गरिएको वडाध्यक्षको थापाको भनाई थियो । वडाले फोहोर व्यवस्थापनमा बाल्टीलाई सहदुपयोग गर्न आव्हान गरेको छ । शहर बजारबाट भित्रिने जंकफुडले ग्रामिण क्षेत्र प्रदुषण हुँदा नागरिकको स्वास्थ्यमा असर परेको भन्दै वडाले फोहोरको दिगो व्यवस्थापन गर्न बाल्टी वितरण गरेको वडाध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->