पोखरा / पोखरा रंगशालामा आयोजना फागुन ११ देखि १७ गतेसम्म सञ्चालन गर्ने गरी तय भएको विराट चक्र विज्ञान कार्यक्रम मौसम र प्राविधिक कारणले स्थान परिवर्तन गरिएको छ। रंगशालामा कार्यक्रम सञ्चालन गर्न कठिन भएपछि वैकल्पिक स्थानको खोजी गरी तोकिएको समयमा समपन्न गर्नेगरी तयारी थालिएको आयोजकले जनाएको छ ।
पोखरा रंगशालामा बालबालिकाहरुले फुटबल अभ्यास गर्दै आएको स्थानमा विराट चक्र विज्ञान कार्यक्रम गर्न लागेको भनी खेलसम्बद्ध संस्था र व्यक्तिहरुले विरोध गर्दै आएका थिए । विरोधका वापजुद तयारी थालिए पनि मंगलबार साँझ आएको हावाहुरी सहितको पानीले शिविरस्थलको निर्माणाधीन संरचनामा क्षति पुर्याएपछि आयोजकले अर्काे स्थानको खोजी गरेको हो ।
रंगशालामा कार्यक्रम गर्न सम्भव नभएपछि स्थान सानो हुने भएकोले फागुन ६ गतेसम्म दर्ता प्रक्रिया पूरा गरिसकेका सहभागीहरूलाई मात्रै फागुन ११ गतेभित्र नयाँ स्थानमा कार्यक्रममा सहभागिता जनाउन आयोजक संस्था जीवन विज्ञान केन्द्रका किरण रुपाखेतली जनाएका छन् । फागुन ६ गते साँझ ६ बजेभित्र नाम दर्ता गरिसकेका सहभागीहरूलाई मात्र क्युआर कोड प्रदान गरिने भएको छ ।
त्यसैगरी, गण्डकी स्वाजागरणको फागुन १० गते सम्पन्न हुने भनिएको समापन उत्सव पनि हाललाई स्थगित गरिएको छ। केन्द्रले यसले पारेको असुविधाप्रति क्षमा माग्दै सहभागीहरूको सहयोग र धैर्यताका लागि आभार व्यक्त गरेको छ।
हेर्नुहोस विज्ञप्तीको पूर्णपाठः






