पोखरा / प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्षमा इन्द्रप्रसाद पौडेल र उपाध्यक्षमा रन्जिता शर्मा र इतराज गुरुङ चयन भएका छन् । फागुन ५ र ६ गते नवलपुरमा समपन्न् दोस्रो अधिवेशनले कास्कीका पौडेलको नेतृत्वमा २५ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा बागलुङका रन्जिता शर्मा र नवलपुरका इतराज गुरुङ, महासचिवमा लमजुङका आश गुरुङ र कोषाध्यक्षमा तनहुँका मदन तिमल्सिना सर्वसम्मत भएका छन् । समितिको सचिवमा कास्कीका गौरव त्रिपाठी, स्याङजाका गोपाल जीटी, बागलुङका बालकृष्ण सुवेदी, पर्वतका सिर्जना बराल र डिल वहादुर बिक चयन भएका छन् ।
कार्य समिति सदस्यहरुमा सदस्यमा डा. नरनाथ पाण्डे, रोशन लामिछाने, राजन पौडेल, हरि सुवेदी (सुशील), राम सुनार, अर्जुन गाहा (सुशान्त), विजय नेपाल, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहरा र नीरज थकाली चयन भएको अध्यक्ष पौडेलले बताए।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, जिल्ला अध्यक्ष जीवन श्रेष्ठ लगायतले अधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।






