बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्वदेशमै पढ्ने वातावरण बनाऊ

स्वदेशमै पढ्ने वातावरण बनाऊ


  • Dhorpatan News
  • फाल्गुन ११ २०८१, आइतबार

गएको हप्ता भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् प्रकृति लम्साल होस्टलमा मृत अवस्थामा भेटिइन् । कथित ‘केटा साथी’ को निरन्तरको मानशिक यातनापछि उनले आत्महत्याको निर्णय लिएकी थिइन् । प्रकृतिको निधनसँगै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले घटनामा संलग्नमाथि कारवाही र निश्पक्ष छानबिनको माग गरेका थिए । तर, कलेज प्रशासनले उल्टै ती विद्यार्थीमाथि हातपात र दुव्र्यवहार ग¥यो । छात्रबासबाट नेपाली विद्यार्थी निकालिए । घटनाको सर्वत्र विरोध भयो । भारतस्थित नेपाली दूताबासले सो घटनाको छानबिनको लागि कलेज प्रशासनमाथि दबाब दियो । नेपाल प्रहरीको एउटा टोली कलेज नै पुग्यो । चौतर्फी दबाबपछि कलेज प्रशासनले घटनामा संलग्नहरु पक्राउ परे । दुव्र्यवहार गर्ने सुरक्षा गार्डमाथि पनि कारवाही प्रक्रिया अगाडि बढाइयो ।

घटनापछि परराष्ट्रमन्त्रीले सक्रियता देखाइन् । परराष्ट्रमन्त्री डा. आरजु राणाले यो घटनालाई नजिकबाट नियालिरहेकी पनि छन् । उनले शनिबारमात्र प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गरेकी छन् । दोषीमाथि कारवाही तथा नेपाली विद्यार्थीको सुरक्षा हुनुपर्ने उनको माग छ । नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रुपमा नै हटाउन पनि उनले माग गरेकी छन् ।

परराष्ट्र मन्त्रालयको यो सक्रियता स्वागतयोग्य छ । हुन त, भारतमै पनि नेपाली विद्यार्थीमाथि गरिएको नश्लवादी विभेदको चर्को विरोध भएको छ । तर, दोषीमाथि कारवाही गर्न तथा त्यहाँ अध्ययरत विद्यार्थीको सुरक्षाप्रति राज्य संवेदनशिल बन्नुपर्छ । सुरक्षाको ग्यारेण्टी नभएसम्म निरन्तर चनाखो भइरहनुपर्छ । यो घटनाले विद्यार्थीहरु किन पढ्नकै लागि विदेश जान्छन् ? किन उनीहरुलाई यहीँ त्यो विषय पढाउन सकिँदैन ? भन्ने प्रश्न पनि पेचिलो बनेको छ । राज्यले यो विषयलाई पनि गम्भीरतापूर्वक लिनुपर्छ । विदेशमा हैन,स्वदेशमै अध्ययन गर्ने वातावरण निर्माण गर्न सके विद्यार्थीहरु सुरक्षित हुन्छन्, नेपालको पैसा विदेश जाँदैन भन्ने सत्यलाई राज्यले मनन गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->