शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा

लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०८१, सोमबार

पोखरा/ महाशिवरात्री पर्व नजिकिदै आउँदा देशभरका शिव मन्दिरमा शिवरात्री पर्व मनाउँन तयारी शुरु भएको छ ।  हिन्दु धर्मालम्वीका आराध्यदेव भगवान शिवको पुजा अर्चना गरी शिवरात्री पर्व मनाउँने परम्परा छ । यही फागुन १४ गते परेको महाशिवरात्रीका लागि देशभरका शिव मन्दिरमा सजिसजावट गरी तयारी तिब्र पारिएको छ । शिवरात्री पर्वकै अवसरमा पोखरामा रहेका विभिन्न शिव मन्दिरमा पनि भगवान शिवको महिमा र पर्व मनाउँन तयारी शुरु भएका छन् । पर्वकै अवसरमा लामाचौरस्थित नव आदर्श सामुदायिक विकास समाजले छैटौं संस्करणको शिव दर्शन यात्राको तयारी गरेको छ । यस क्षेत्रलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्ने उद्घेश्यले विगत ६ वर्षदेखि समाजले यात्रा थालनी गरेको हो ।

विभिन्न झाँकी, बाजागाजा र भजन किर्तनसहित हुने यात्राको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष ई.दिनेश भण्डारीले जानकारी दिए । स्थानिय कणेश्वर शिवालयवाट शुरु हुने शिव यात्रा, महेन्द्रेश्वर शिवालय, जलेश्वर शिवालय, सुरथेश्वर शिवालय हुँदै सर्वेश्वर शिवालय मन्दिरमा पुगेर समापन हुने अध्यक्ष भण्डारीले बताए । विहान ७ बजेदेखि नै यात्रा शुरु हुने र कार्यक्रममा त्यस क्षेत्रका धार्मिक संघसंस्था, ओम शान्ती, आमा समुह, युवा क्लव, भजन समुह तथा टोल विकास संस्थाको सहभागिता रहने छ । नयाँ पुस्तामा धार्मिक जागरण र चेतना ल्याउन यात्रा महत्वपुर्ण हुने समाजले जनाएको छ ।

यस्तै पोखरा १९ घार्मीमा रहेको ओमकारेश्वर महादेव मन्दिरमा पनि शिवरात्री पर्वको तयारी तिब्र पारिएको छ । प्रत्येक वर्ष शिवरात्री पर्वलाई विशेष रुपमा मनाउँदै आएको मन्दिर व्यवस्थापन समितिले बुधवार मन्दिर परिसरमा भजनकिर्तन गरी शिव धुनी जगाएर आराध्यदेव शिवको महिमा प्रस्तुत गरिने समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जनाए । विहानैदेखि पवित्र जल, दुध चढाउने कार्य शुरु हुने र यो क्रम दिनभर नै जारी रहने तथा साँझ शिव धुनीमा जल चढाएपछि रातभर भजनकिर्तन गरिने तयारी भएको स्थानिय युवा अर्जुन पौडेलले बताए । पर्वलाई लक्षित गरी मन्दिर परिसरलाई सजिसजाउ गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको सो स्थलवाट पोखरा सहित माछापुच्छ्रे र अन्नपुर्ण हिमश्रृखंलाको दृश्य अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->