सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

काठेखोलामा न्यायिक सम्वाद र कानूनी सचेतना अभियान

काठेखोलामा न्यायिक सम्वाद र कानूनी सचेतना अभियान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८१, मंगलबार

बागलुङ/काठेखोला गाउँपालिका न्यायिक समितिले न्यायिक सम्वाद तथा कानूनी सचेतना कार्यक्रम अभियानकै रुपमा थालेको छ । सोमबार गाउँपालिकाले वडा नं. १ पालामा उक्त कार्यक्रम सम्पन्न गरेको न्यायिक सहजकर्ता महेन्द्र प्रसाद कंडेलले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, मेलमिलापकर्ता, टोलविकास संस्थाका पदाधिकारी, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षहरुलाई सचेतना दिइएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले समाजलाई विवादरहित बनाउने र विवाद आएमा मेलमिलापबाट टुंग्याउने तथा नागरिकलाई कानूनबारे सचेतना दिन सकेमा त्यस्ता समस्या नआउने बताए । त्यसकै लागि वडा तहमा कानूनी सचेतना बेलाबेला गरिरहेको पनि थापाले बताए ।
कार्यक्रममा न्यायिक समितिका सदस्य तथा वडा नं. ५ का अध्यक्ष वृहस्पति कँडेल, सदस्य चित्राकुमारी थापा लगायतले न्यायिक समितिको गठन, कानूनी क्षेत्राधिकार, मेलमिलाप पद्दतीबारे जानकारी गराएका थिए ।
न्याय सम्पादन, मेलमिलाप, लगायतका काममा गरिनुपर्ने कागजी प्रक्रियाबारे पालाका वडा अध्यक्ष खड्ग थापा र न्यायिक सहजकर्ता महेन्द्र प्रसाद कँडेलले जानकारी गराएका थिए । गाउँपालिकाले यो अभियान सबै वडामा लैजाने लक्ष्य समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->