सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

भजन चुट्कामा माछापुच्छ्रे सेवा समाज प्रथम

भजन चुट्कामा माछापुच्छ्रे सेवा समाज प्रथम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०८१, बिहिबार

पोखरा/हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सु–शान्त क्लब पोखरा–१७ बिरौटाको आयोजनामा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम भएका छन् ।
कार्यक्रममा शिव महिमा भजन चुट्का प्रतियोगिता, रुद्री पूजा, धुनी जागरण, प्रसाद वितरण साथै भजन कन्सर्ट जस्ता आकर्षक गतिविधिहरू गरिएका थिए ।
कार्यक्रममा भएको भजन चुट्का प्रतियोगितामा माछापुच्छ्रे सेवा समाज भजन समूह, हेमजा प्रथम भयो । यस्तै धर्मस्थली भजन समूह, पोखरा–५ ले द्वितीय र मिलिजुली भजन समूहले तृतीय स्थान हासिल गरेका छन् । विजेताले क्रमशः नगद ३० हजार, १८ हजार र १२ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । साथै, वालनकला भजन समूहले उत्कृष्ट नृत्यको पुरस्कार प्राप्त गर्दै सम्मानित भयो । प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका थिए ।
कार्यक्रमका प्रमख अतिथि केदारेश्वर महादेवमणि सेवाश्रम बोलबमधामका पीठाधीश डा. स्वामी चिढ्द्धन चैतन्यले धर्म, संस्कृति र ध्यानको महत्वबारे प्रकाश पारे । ‘महाशिवरात्री केवल एक चाड होइन, यो आत्मशुद्धि, भक्तिको उन्नति, र समाजमा धार्मिक चेतना फैलाउने अवसर हो ।’ उनले भने– ‘धर्म केवल परम्पराको निरन्तरता मात्र होइन, यो जीवनको सही मार्गचित्र पनि हो । धर्मले मानवलाई नैतिक, अनुशासित र शान्त बनाउने शक्ति प्रदान गर्छ ।’
कार्यक्रमका गण्डकी प्रदेश सांसद प्रकाश बरालले क्लबले गरेको कार्यक्रमको प्रशंसा गरे । सु–शान्त टोल सुधार समितिका अध्यक्ष मिन बहादुर रानाभाटले समाजको विकास केवल भौतिक पूर्वाधारले मात्र हुँदैन, संस्कार र संस्कृतिको जगेर्नाले समाजलाई उन्नत बनाउँने बताए ।
सु–शान्त क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक टिकाराम पौडेलले महाशिवरात्रि मनाउनु मात्र पर्याप्त नभई धर्म, संस्कृति र परम्परागत मान्यताहरूलाई संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए। साथै, क्लबले शिवमन्दिर निर्माणका लागि ५१ हजार रुपैयाँको कोष खडा गरेको उनले जानकारी दिए ।
कार्यक्रममा उपस्थित सहभागीहरूले धर्म–संस्कृतिको जगेर्ना गर्दै परम्परागत गतिविधिहरूलाई नीतिगत तरिकाले अगाडि बढाउने आवश्यकताको औंल्याएका थिए । धार्मिक आस्थाको संरक्षण र समाजमा सद्भाव फैलाउने यस प्रकारका कार्यक्रमहरू आगामी दिनमा निरन्तर सञ्चालन गरिने आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->