सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

टिप्परको ठक्करबाट महिला घाइते

टिप्परको ठक्करबाट महिला घाइते


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०८१, बिहिबार

पोखरा/ पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पसको गेट अघि टिप्परको ठक्करबाट एक महिला घाइते भएकी छन् । नदीपुरबाट बगरतर्फ जाँदै गरेको ग१क ८०८५ नम्बरको टिप्परले सोही दिशातर्फ गएको ग१७प ७६८७ नम्बरको स्कुटरको ह्यान्डलमा ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट स्कुटर चालक भारत घर भई हाल पोखरा–११ फुलबारी बस्दै आएकी ४८ वर्षीया सोनु गुरुङको देब्रे हात भाँचिएको छ ।

घाइतेको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->