शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

छोटा र भण्डारीलाई कालीभक्त पुरस्कार प्रदान

छोटा र भण्डारीलाई कालीभक्त पुरस्कार प्रदान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८१, शुक्रबार

बागलुङ/संस्कृतिकर्मी एवम् साहित्यकार प्रेम छोटालाई कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कार प्रदान गरिएको छ ।
नेपाली लोक साहित्य, राणा–पञ्चायत विरोधी राजनीतिक आन्दोलन, शिक्षा–कृषि क्रान्तिदेखि छुवाछुतविरुद्ध तथा छोरी पढाउ अभियान चलाउने बहुआयामिक व्यक्तित्व कालीभक्त पन्तको ३३ औं वार्षिक स्मृतिमा कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवासमा आयोजना गरेको कार्यक्रममा छोटालाई पुरस्कार प्रदान गरिएको हो ।
बागलुङ नगरपालिका वडा नं. ३ निवासी छोटालाई फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले एक लाख रुपैयाँ राशीको कालीभक्त पन्त लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान प्रदान गर्नुभएको हो । छोटाले नेपाली लोकवार्ता, लोकगीत तथा लोकसाहित्य र संस्कृतिको क्षेत्रमा खोज, अनुसन्धान, लेखन तथा प्रकाशन गर्दै नेपाल र विश्वमाझ पु¥याउन योगदान गर्दै आएका छन् ।
यस्तै, रेडियो कार्यक्रममार्फत दुइ दशकभन्दा लामो समयदेखि नेपाली लोकगीत, लोकवार्ता, लोक परम्परा र लोक संस्कृतिको खोज तथा अनुसन्धानात्मक कार्यमा सक्रिय रही हाल रेडियो थाहा सञ्चार काठमाण्डौंमा कार्यरत कमलामाई नगरपालिका ३ सिन्धुलीका ओम भण्डारीलाई १० दश हजार रुपियाँसहित कालिभक्त पन्त स्मृति पुरस्कार प्रदान गरिएको छ ।
सोही अवसरमा फलेवासका विद्यालयका जेहेन्दार छात्राहरुलाई छात्रवृति प्रदान गर्नुका साथै स्थानीय बयोबृद्धा श्रीमती बेणुका पौडेललाई जेष्ठ नागरीक सम्मान समेत प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष प्रा. डा. पार्थिवेश्वर तिमिल्सिनाले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधी, समाजसेवी, कालीभक्त–कृष्ण पन्तका सन्ततीलगायत पुरस्कृत व्यक्तित्वले कालीभक्त पन्तको योगदानबारे चर्चा गर्दै कालीभक्त नेपाली समाजको हिजोभन्दा आज र आजभन्दा भोली झनै आवस्यक भएको धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->