पोखरा/ स्ववियू निर्वाचन अनिश्चित बनेपछि देशकै ठूलो मध्येको एक पोखराको पृथ्वीनारायण क्याम्पस तनाबग्रस्त बनेको छ । विशेष गरी समानुपातिकतर्फको मतपत्रमा त्रुटी देखिएपछि निर्वाचनमा मतदान सुरु हुन सकेको छैन् । बिद्यार्थीले नाराबाजी गरिरहेका बेला कसैले बोतल फालेपछि प्रहरीले विद्यार्थीलाई तितरबितर पारेको थियो ।
मतदान सुरु हुन नसकेपछि विद्यार्थी संगठनहरुले अहिले क्याम्पस गेट अगाडि नाराबाजी गरिरहेका छन् । उनीहरुले मतदानको अधिकार हनन् गर्न नपाइने, क्याम्पस प्रमुखको राजीनामा माग गर्दै नारा लगाइरहेका छन् । अनेरास्ववियु र नेविसंघका विद्यार्थीले नाराबाजी गरिरहेका हुन् । सुरक्षालाई मध्यनजर राख्दै गेटमा सु्रक्षाकर्मीको उपस्थितिलाई बाक्लो बनाइएको छ ।
समानुपातिकतर्फको मतपत्रमा अखिल ९छैटौं० को चिह्न लगाउने कोष्ठक छुटेको पाइएपछि क्याम्पसमा मतदान सुरु हुन सकेको छैन् । अखिल छैठौ का क्याम्पस अध्यक्ष सोमनाथ अधिकारीले विज्ञप्ति जारी गरी सबै संगठनको सर्वदलीय बैठक नभईकन निर्वाचन अगाडि बढाएमा त्यसबाट हुने सम्भावित दुर्घटनाको जिम्मेवारी निर्वाचन आयोग हुने चेतावनी दिएका छन् ।





