पोखरा/तनहुँका साहित्यकार केशवराज आमोदीले मत्स्यगन्धा महाकाव्य’को रचना गरेका छन् । महाकाव्यमा व्यास नगरपालिकाको सेरोफेरो र स्थानीय परिवेश झल्कने पौराणिक कथानक झल्किएको साहित्यकार आमोदीले जानकारी दिए ।
चार वेद १८ पुराणका रचयिता भगवान व्याससँग सम्बन्धित विशिष्ट कृति मत्स्यगन्धा महाकाव्यको लोकार्पण यही वैशाख २६ गते शुक्रबार दिउँसो १ बजे व्यास नगरपालिकाको सभाहलमा हुने भएको छ । महाकाव्यकार आमोदी तनहुँको बन्दीपुर गाउँपालिका–३ सुखौरामा जन्म भइ हाल चितवनको रत्ननगर १३ माधवपुरमा बसी साहित्य साधना गर्दैछन् ।





