यो पृथ्वी थाक्दैछ,
उसका रुखहरू झुक्दै छन्,
पहाडहरू गिज्याइएका छन्,
नदीहरू, जसले कहिल्यै थाक्दैनथे ।
अहिले चुप छन् ।
हावाले श्वास फेरिसकेको छैन,
पानीमा पुराना कुरा घुलिसके,
भूगोलको किताबमा बाँकी छ – हरियालीको सपना ।
हिजो हामीले बिर्सियौँ,
आज हामी पर्खिरहेका छौँ ।
कसैले आएर हामीलाई बचाइदिउँला भनेर ।
तर, अब
त्यो ‘कोही’ तिमी हौ, म हुँ, हामी हौं ।
युवा हो !
तिमी गफ मात्र होइन, गति पनि हौं ।
तिमी तीज होइनौ, तिमी परिवर्तनको पर्व हौं ।
हातमा मोबाइल मात्रै होइन,
तिमीमा दिशाबोध छ, चेतना छ ।
अब चुप बस्ने बेला होइन ।
वातावरणको अन्तिम घण्टी बजिरहेको छ ।
यो घण्टी कक्षा सुरु हुनको लागि होइन,
संवेदनाको अन्त्य हुनु अघि
सजग भएर केही गर्नको लागि हो ।
कृपया,
प्रकृतिसँग प्रेम गर,
रुख रोप, प्लास्टिक फाल,
प्रयास गर – आजैबाट ।
नभन्नू, ‘केही फरक पर्दैन ।’
साँच्चै भनौं,
तिम्रो एउटा सानो प्रयासले
भोलिको लाखौं सासहरू बाँच्न सक्छन् ।
आजको यो वातावरण दिवसमा
हामी संकल्प गरौं ।
विनाशको रेखा मेट्न,
सिर्जनाको बाटो कोर्न ।
यो हाम्रो धर्ती हो,
यो हाम्रो समय हो,
र परिवर्तन – हाम्रो हातमा ।
शुभकामना विश्व वातावरण दिवसको !
उत्प्रेरणा तिमी स्वयं हौं ।
बागलुङ नगरपालिका १० भकुण्डे, धौलेचउर बागलुङ





