धर्ती र सूर्यको सम्बन्ध पुरानो छ,
पानी र हरियालीको बन्धन जीवनको गहना हो ।
तर आज, ती सम्बन्धहरू च्यातिँदै छन् ।
मरुभूमिकरणको सास्तीले धर्तीका चीराहरू फाँट्दै छन् ।
सन् १९९५ देखि सुरु भयो एक चेतनाको यात्रा,
विश्व खडेरीविरुद्ध संघर्ष दिवसको पताका ।
विश्व समुदाय एक भई उठेको छ,
खडेरी विरुद्धको सशक्त आवाज बनिरहेको छ ।
सुक्खा वर्षाहरू, खेर गएका बालीहरू
उजाड बन्दै गएका हरियाली फाँटहरू,
यी सबैले कराउँदै छन् ।
‘प्रकृति रोइ रहन्छ, मान्छे हो, सुन !’
हामीले बनाएका प्रदूषणका बाटाहरू
हाम्रै स्वार्थका कृत्रिम विकासका पाइलाहरू
यी नै बने आजका सूख्खा बाढीका कारणहरू ।
तर आशा बाँकी छ, चेतना बढ्दै छ
ऐक्यबद्धता भावना फैलँदै छ ।
समाधानको खोजीमा मानवता अघि बढ्दै छ ।
नेपाल पनि पछि छैन,
हिमाली क्षेत्रको संरक्षणमा उठेको दृढ शपथ छ ।
सगरमाथाको छायाँमा,
लोपोन्मुख बोटबिरुवा र जलस्रोतको हिफाजतमा
स्थानीय समुदायले गरेको योगदान प्रशंसनीय छ ।
वन संरक्षण, झरनाको रक्षा,
उच्च भू–भागमा पानीका मूलहरू जोगाउने प्रयासहरू
यी सबै खडेरी विरुद्धको शक्ति हुन् ।
आजको दिन, सम्झनु छ हामीले
खडेरी विरुद्धको यो लडाइँ
अन्ततः मानव अस्तित्वको लागि हो ।
भविष्यको हरियाली हामीले रोप्नै पर्छ,
प्रकृतिसँग मिलेर हिँड्नै पर्छ ।
संघर्षको यो दिन,
सिर्जनात्मक चेतनाको बीउ हो,
जो हाम्रा सन्तानले हरियाली फलाउनेछन् ।
बागलुङ नगरपालिका १० भकुण्डे, धौलेचउर बागलुङ





