बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शरणार्थीको आकांक्षा पुरा होओस्

शरणार्थीको आकांक्षा पुरा होओस्


  • याम बहादुर थापा मगर
  • असार ६ २०८२, शुक्रबार

 

उनीहरू भागेका थिए ।
युद्धको चर्को गर्जनबाट,
गोलीको आवाजभन्दा तेज थियो त डर,
भोकको चित्कार र अनिश्चित भविष्यको सघन कुहिरो ।
हिजोको घर आज खरानी,
हिजोको बाटो आज बारुद,
हिजोका छिमेकीहरू अब शत्रुजस्तै लाग्छन् ।
शरणार्थीहरु
कति गह्रौँ छ यो शब्द !
तर उनीहरू पनि मानिस नै हुन्,
तपाईं हौं, म हुँ– उनीहरू पनि हामी जस्तै थिए,
सपना देख्ने, घर बनाउने,
र बिहानको सुर्योदय हेरेर खुसी हुने ।
सन् १९५१ मा जब घोषणा भयो ।
“शरणार्थी पनि अधिकारका हकदार हुन्”
त्यस दिनदेखि, एक आशाको दीप जल्यो,
तर त्यो उज्यालो अझै सबैतिर पुगेको छैन ।
५१ वर्षपछि पनि,
त्यहिं आँसु, त्यहिं भोक,
त्यही आश्रय खोज्ने यात्रा जारी छ ।
२००१ जुन २० तारिख
संयुक्त राष्ट्रसंघले घोषणा गर्यो,
‘शरणार्थी दिवस’
तर त्यो दिवसले सम्झना मात्र होइन,
समाधानको बाटो पनि देखाउनुपर्छ,
मानवता अझै बाँकी छ भन्ने प्रमाण बन्नुपर्छ ।
संसारका कुना–कुनामा
दुःखको बोझ बोक्दै हिँड्ने ती मान्छेहरू,
उनीहरू बाँच्न चाहन्छन् ।
तर अरुको जति हैसियतमा,
सम्मानसाथ, सुरक्षित छातामुनि ।
शरणार्थी हुनु कुनै अपराध होइन ।
शान्तिको खोजी गर्नु पाप होइन ।
उनीहरू अपराधी होइनन्,
उनीहरू त द्वन्द्वको शिकार हुन्,
असमानताको, विभेदको, र दम्भको परिणाम हुन् ।
आज, हामीलाई चाहिएको छ ।
खुल्ला हृदय,
सह–अस्तित्वको भावना,
र विविधताप्रति सम्मान ।
शरण दिने हात,
शब्द होइन, व्यवहारमा परिवर्तन ।
संसार तब सुन्दर हुन्छ
जब कोही पनि भाग्न बाध्य हुँदैन,
जब सबै घर फर्कन पाउँछन् ।
आफ्नो माटो, आफ्ना मान्छे,
र आफ्नै सपनामा बाँच्न सक्ने अधिकारसहित ।
शरण दिनु मात्रै मानवीय कर्म होइन,
त्यो त मानवताको साँचो मापन हो ।
हामी कति मान्छे हौं– त्यो
शरणार्थीप्रति हाम्रो व्यवहारले देखाउँछ ।
निकटम भविष्यमा शरणार्थीको मनोकांक्षा पुरा होओस् ।
बागलुङ नगरपालिका १० भकुण्डे, धौलेचउर

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->