बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यार्थीसँग मिलन समीर

विद्यार्थीसँग मिलन समीर


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८२, सोमबार

स्याङ्जा/युवा कवि तथा सिर्जनशील साहित्यिक अभियन्ता मिलन समीरले सिर्जनशील संवादको पहिलो शृङ्खला ‘ विद्यार्थीसँग मिलन समीर’ कार्यक्रम गरेका छन् ।

यस्तो किसिमको सिर्जनशील संवाद कार्यक्रम स्याङ्जाको इतिहासमा पहिलोपटक आयोजना गरिएको हो ।

वालिङको साइन भिलेज इन्टरनेशनल एकेडेमीमा गरिएको कार्यक्रममा पाठ्यपुस्तकदेखि बाहिरका पुस्तकको अध्ययनको महत्व, सिर्जनशील लेखन भनेको के हो ? सिर्जनशील लेखनको महत्व र अभ्यास, मिलन समीर नामको अन्तर्कथा, विद्यार्थी जीवनमा पाठ्यपुस्तकसङ्ग सम्बन्धित कविता, कथा, निबन्ध, संवाद र दैनिकी जस्ता विविध विधा लेखन– अभ्यासको माध्यमबाट हुने साहित्यको विकासदेखि लिएर साहित्यिक लेखनको सुधार सम्बन्धित रहेर सिर्जनशील संवाद गरिएको थियोे ।

विद्यार्थीहरुलाई अग्रज पुस्ताको जीवन्त अनुभव र अनुभुतिसङ्ग साक्षात्कार गराएर जीवनप्रति सदैव सकारात्मक सोचको विकास गर्दै सिर्जनशील सिकाइलाई दीगो बनाउनका लागि हरेक महिनामा नियमितरूपमा यो अभियान विद्यालयमा आयोजना गरिने समीरले बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक गौरव सुवेदीले स्याङ्जाको व्यापारिक केन्द्रको रूपमा रहेको वालिङ बजारमा समीरकै विशेष अग्रसरतामा पछिल्लो समय साहित्यिक केन्द्रको रूपमा स्थापित हुँदै गएको बताए ।

समीरले गाउँमा साइरन बजेपछि ( कविता सङ्ग्रह–२०६९), प्रिय दुश्मन (श्रृंखला कविता–२०७९), मिलन समीर र मिलन समीरहरु (श्रृखला कविताहरु–२०८०) र मिलनमन्त्र (मायालु मुक्तकहरु–२०८०) लगायतका पुस्तकहरु प्रकाशित गरेका छन् भने समीरसूत्र ( प्रेमिल गजलहरु ) प्रेसमा रहेको छ ।

गल्याङ प्रज्ञा प्रतिष्ठानको संस्थापक सचिव, वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संस्थापक संयोजक, नेपाली लेखक संघको केन्द्रीय सचिवको रूपमा नेपाली भाषा– साहित्यको स्तरोन्नतिको सन्दर्भमा विशेष क्रियाशील रहेका भएका समीर स्थानीयदेखि राष्ट्रियस्तरका थुप्रै सम्मान÷पुरस्कारद्वारा सम्मानित÷पुरस्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->