शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

ढोरपाटनको गाथा

ढोरपाटनको गाथा


  • दुर्गालाल तिवारी
  • असोज ८ २०८२, बुधबार

चारैतिर छरिएका ति चिरञ्जीव चुचुराले
हेर्छन् चराचर चित्ता चकित पारि सुराले ।
नीलाकाश निहार्ने निरन्तर यी दुई नयनले
देखिन्छ सुन्दर ढोरपाटन मुग्धपार्छ चयनले॥

निर्मल नदी त्यो बगिरहन्छ निसर्गमा सधै
स्वच्छ ,सफा र सुन्दर छ यो जोडी छैन कतै ।
उत्तरगङ्गा उर्लिएर उचालिन्छ भक्तको समीप
निश्चल नभै नित्य बहन्छ गर्दैन कसैको अहित।।

वसन्त ऋतुमा गगनै रङ्गायाउने गुराँस रमाइलो
निगाला भुङ्सल्लाको मनमोहक छ घमाईलो।
मिठो स्याउ र आलु फल्ने सुवासित सुमधुर
मस्तिष्क मलिनता मेट्ने छ यहाँको आधार॥

नाँच्छन् नाउर बिहानी पख वारीपारी डाडामा
घोरल रमाउदै घाटै घुमाउँछ घमाईलो घाममा।
कन्दरा, काँडा, पाखाहरुमा छन् जडिबुटी यहाँ
वन्यजन्तु वनस्पति प्रकृतिको मेल छ अन्त कहाँ।।

रुद्रताल रम्य रश्मि देउराली छ उच्च शिर
जलजलाको सुन्दर चमकले हराउछन् पिर।
सल्ला सुगन्ध सजीव सुवासित छ वुकि फुलेको
भेडा च्याङ्ग्रा घोडा र खच्चड छन् यहाँ भुलेको॥

ढोरपाटनको वनभित्र गुँजिन्छ जीवनको गाथा
थार, रेड पाण्डा, कस्तुरी मृगले सजाउँछ वनपाखा।
घोरलले उफ्रन्छ डाँडा, हिमचितुवा लुकेर हेरछ
वनको मौनताभित्र कतै बाघको गर्जन गर्जन्छ।।

ढोरपाटन एक मात्र सिकार आरक्षण
विदेशीनी पनि आउछन् यहाँ सिकार खेल्न।
जंगली थार ,मृग, र घोरलको हुन्छ सिकार यहाँ
सौन्दर्य र जैविकता भएको ठाउँ छ र अन्त कहाँ ।।

नीलो आकाशमुनि चक्र घुमाउँछ हिमाली चिता
स्वच्छआकाशमा आनन्दले घुम्छन् गिद्ध र चील।
यार्सागुम्बा, पाषणवेद, कुटकी, पदमचाल, जटामसी
ढोरपाटन सुगन्धित स्वर्ग, प्रकृतिको अनमोल मसी।।

डाँफे डाक्दै दुलही झैं दुलारमा छन नाचेका यहाँ
मुनाल मखमली मधु–मधुरिमा भेटिन्छन् र कहाँ।
वनपाखा वनस्पति वरिपरि छन् भुजीपात पनि
यानीमाया र सुनिमाया भाकाहरुको छ धनी॥

पर्यटकहरु घुम्न पाईन्छ घोडाचढि सबै तिर
वाईसधारा नुहाई दर्शन गरौ वराहा मन्दिर।
स्यालपाखेमा हवाई मैदान छ जिर्ण भएको
घुम्न जान सहजै छ अहिले छ मोटर गएको।।

पर्वत पर्खाल पवित्र परम्परा गुम्बा र मन्दिर
पाँच ओैले सतुवा अनि चिराईतो छन् जन्जीर।
सेता हिमाल शिखर शीतल स्वर्गको एक टुक्रा
साक्षी छ स्वर्गीय स्वरूप घुम्न आउनुस फुत्त।।

धरोहर धरणीको धन्य प्रकृति हो ढोरपाटन
धार्मिक स्थल पनि हो यो एकपटक आटन।
प्रकृतिले बनाएको प्रेमको प्रतिमाको स्थल
मानव मनलाई लठ्याउने आनन्दको पल॥

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->