बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” लोकार्पण


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०८२, सोमबार

पोखरा/कलाकार नगेन सिंह ठकुरीको ‘नेपाल कला यात्रा’ पुस्तक भाइटीकाको दिन पोखरामा लोकार्पण गरिएको थियो ।

कलाकारितामार्फत् नेपाललाई विश्व मञ्चमा चिनाउने उद्देश्यले तयार गरिएको उक्त पुस्तक पोखरास्थित नगेन आर्ट म्युजियममा लोकार्पण गरिएको हो ।

कलाकार प्राज्ञ नगेनसिंह ठकुरीको उक्त कृतिमा नेपालको ७७ वटै जिल्लाका कम्तिमा तीनवटा धार्मिक,प्राकृतिक र साँस्कृतिक सम्पदालाई क्यानभासमा उतारेर तयार गरिएको १०१ कलाकृतिहरुको संकलन हो ।

पुस्तकमा लुम्बिनी, सगरमाथा, पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ हिमाल, चितवन राष्ट्रिय निकुञ्जलगायतका स्थलका कलाकृतिहरू समावेश छन् ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख बासुदेव पौडेल, साहित्यकार असफल गौतम, पर्यटन विज्ञ दीपेन्द्र पहारी, विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’का संयोजक, नवीन श्रेष्ठ, नगेन न्यूज पब्लिकेशन प्रालिकी अध्यक्ष ज्योति हमालर कलाकारका अभिभावक होमबहादुर सिंह र शान्ता सिंह ठकुरीलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।

कलाकार ठकुरीले पुस्तक सार्वजनिक गर्दै ‘हाम्रो देशको प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधता विश्वमै अनुपम छ। तर, यसको प्रचार र उपयोगमा कमी छ। यही सन्देश तिहारकै दिन विश्वभर पु¥याउने उद्देश्यले यो पुस्तक सार्वजनिक गरेको हुँ,’भने ।

पुस्तकका समीक्षक पर्यटन विज्ञ दीपेन्द्र पहारीले यस कृतिले नेपाली कला र पर्यटनबीचको सम्बन्धलाई अझ सशक्त रूपमा जोडेको बताए । साहित्यकार असफल गौतमले ठकुरीको कलाकृतिले नेपाललाई ‘रङ, रेखा र भावना’मार्फत् बुझ्ने नयाँ दृष्टिकोण दिएको टिप्पणी गरे ।

कार्यक्रमको सञ्चालन सुजन देवाजुले गरेका थिए भने स्वागत ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’का संयोजक नवीन श्रेष्ठले तथा धन्यवाद ज्ञापन नगेन न्यूज पब्लिकेशन प्रालिकी अध्यक्ष ज्योति हमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->