बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शत बीज छर्ने दिन मोदी गाउँपालिकामा स्थानीय बिदा

शत बीज छर्ने दिन मोदी गाउँपालिकामा स्थानीय बिदा

बिदाले विशेष गरी धार्मिक तथा सांस्कृतिक परम्पराप्रति स्थानीयवासीको श्रद्धा र आस्थालाई संवद्र्धन गर्ने अपेक्षा गरिएको गाउँपालिकाले बताएको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८२, मंगलबार

पर्वत/पर्वतको मोदी गाउँपालिकाले मङ्सिर ३ गते बुधवारका दिन स्थानीय बिदा दिने घोषणा गरेको छ ।

भगवान् श्रीकृष्णका ज्येष्ठ भक्त बालानन्दपुरी अर्थात् शताब्दी छर्ने दिनको पुण्य स्मरण तथा धार्मिक–सांस्कृतिक मान्यताको सम्मान स्वरूप गाउँपालिकाभित्रका सबै कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक सेवा प्रदायक इकाइहरू बन्द रहने निर्णय गरिएको हो ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै स्थानीय संस्कृतिको संरक्षण र सम्मानका लागि बिदा दिने निर्णय गरिएको जनाएको छ । सूचनामा भनिएको छ, ‘बालानन्दपुरीको पावन अवसरमा मङ्सिर तीन गतेका दिन गाउँपालिकाभित्रका अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहनेछन् ।’ यस बिदाले विशेष गरी धार्मिक तथा सांस्कृतिक परम्पराप्रति स्थानीयवासीको श्रद्धा र आस्थालाई संवद्र्धन गर्ने अपेक्षा गरिएको गाउँपालिकाले बताएको छ ।

गाउँपालिका क्षेत्रका विद्यालयहरूले यस दिन पठन–पाठन स्थगित गर्नेछन् भने सरकारी कार्यालय तथा सामुदायिक संस्थाहरूले समेत यही सूचनाको आधारमा सेवा बन्द रहने छन् । अत्यावश्यक सेवाहरू भने यथावत् सञ्चालन हुने गाउँपालिकाले बताएको छ ।

गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माद्वारा हस्ताक्षरित सूचनामा यी सबै व्यवस्था सार्वजनिक जानकारीका लागि प्रसारित गरिएको उल्लेख छ । गाउँपालिकाले नागरिकलाई सूचना अनुसार व्यवस्था मिलाई सहयोग गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->