पोखरा/युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृति ‘रात्री आकाश’ को लोकार्पण एवम वालिङ गजल उत्सव– २०८२ गरिएको छ ।
वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३८ औँ पाइलाको रूपमा आधुनिक नेपाली मौलिक गजल लेखन अभियान विशेष कार्यक्रमको रूपमा ‘रात्री आकाश’ गजल कृति लोकार्पण एवम वालिङ गजल उत्सव– २०८२ शनिबार वालिङ–८, बीपी चोकमा गरिएको हो ।
युवा गजलकार व्यक्तित्व बाबू त्रिपाठी र गजलकारकी आमा प्रेमकान्ति ढकाल लगायतका साहित्यकारले गजल कृतिको लोकार्पणगरेका थिए । ढकालको गजल लेखनमाथिसीता गौडेल गैह्रे र राहुल शंकरद्वारा समीक्षा गरेका थिए ।
गल्याङ नगरपालिका– ११, लबरकोटका युवा गजलकार ढकाल हाल जानकी माध्यमिक विद्यालय, गल्याङ– ९, अमिलाथुम, स्याङ्जामा शिक्षण पेशामा कार्यरत रहेर आधुनिक नेपाली मौलिक गजल लेखन अभियानमा क्रियाशील छन् भने जगत्रदेवी साहित्य संगम, गल्याङका सह– सचिव रहेका छन् ।
नेपाली लेखक संघ स्याङ्जाद्वारा प्रकाशित र युवा स्रष्टा मिलन समीरद्वारा सम्पादन गरिएको प्रस्तुत गजल कृतिमा जम्मा १३१ वटा समसामयिक गजलहरु समावेश गरिएको छ ।
कार्यक्रममा स्याङ्जाली गजल स्रष्टाहरु मिलन समीर, शभ्भु अर्याल, बसन्त खनाल, पारिश्वर न्यौपाने, धु्रब प्रसाद पंगेनी, गजलयात्री एसी, सरस्वती अर्याल, दीलिप मगर, देवराज गैह्रे पूजा रेग्मी, ढालबहादुर केसी, लेखनाथ काफ्ले, हिमालयजंग बानियाँ,नारयण न्यौपाने, राजु गैह्रे, चण्डिकाप्रसाद भण्डारी, प्रेमबन्धु सुवेदीलगायतले गजल बाचन गरेका थिए ।
कार्यक्रममा अग्रज गजलकार बाबु त्रिपाठीलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।





