पोखरा/ नेपाली कम्युनिस्ट पार्टीले मनाङमा उम्मेदवार फेर्र्दै नेतृ यशोदा सुवेदीलाई टिकट दिएको छ । यसअघि पूर्वमन्त्री तथा साबिक माओवादीका महासचिव देव गुरुङ उम्मेदवार थिए । सुवेदी गरुङकी पत्नी हुन ।
गुरुङले पार्टीले दिएको जिम्मेवारीमा रहेर काम गर्ने भन्दै निर्वाचन नलड्ने निर्णय गरेको बताएका छन् । गुरुङ २०६४ सालमा मनाङ–१ र कास्की–१ बाट विजयी भएका थिए । २०७० मा चुनाव बहिस्कार गरेका उनले २०७४ को निर्वाचनमा लमजुङ–१ बाट विजयी भए । २०७९ को निर्वाचनमा भने एमाले नेता पृथ्वीसुव्वा गुरुङसंग उनी पराजित भएका थिए ।





