शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ लोकार्पण

क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ लोकार्पण


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०८२, आइतबार

पोखरा/पोखरा साहित्यकार एवं शिक्षासेवी क्षेत्रबहादुर कुँवरले अर्को कृति जीवन कथा (भाग–२) पाठकसमक्ष ल्याएका छन् । वसन्तपञ्चमीमा जन्मिएका उनको आफ्नो ८१ औं जन्मजयन्ती अवसरमा शनिबार पोखरा–१४, मझेरीपाटनस्थित निवासमा आयोजित समारोहमा कृति लोकार्पण गरिएको हो ।

शिक्षासेवी जर्ज जोनको प्रमुख आतिथ्यमा भएको समारोहमा भूगोलविद प्रा.डा. कृष्ण केसी, प्राडा रामनाथ ओझा, नेपाल निवत्तृ शिक्षक समाज केन्द्रीयकार्यसमितिका निवर्तमान वरिष्ठ उपाध्यक्ष तोयनाथ लामिछाने, निवृत्त शिक्षक समुदाय कास्कीका अध्यक्ष छविलाल आचार्य, कृति प्रकाशक पोखरा वाङ्मय प्रतिष्ठानका अध्यक्ष अलौकिक कवि देशभक्तसिंह कुँवर, कलाप्रेमी रामदेवी कुँवरलगायतले संयुक्त लोकार्पण गरेका हुन् ।

पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुखसमेत रहेका जर्ज जोनले क्षेत्रबहादुर विद्यार्थीकालमा निकै अध्ययनशील, मेहनति, मिलनसार र सहयोगी भावनाको रहेको बताए । आफूले विगतदेखि नै आदर्श व्यक्तित्वको रुपमा चिन्दै आएको पनि बताए ।

कृतिको समीक्षा प्राडा रामनाथ ओझाले गरेका हुन् । कार्यक्रममा उनीसहित भूगोलविद् प्राडा केसी, शिक्षक कमलराज ढुंगाना, अम्बिका राणालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कृतिको सम्पादन पत्रकार विजय नेपाल, शिक्षक कमलराज ढुंगाना र देशभक्त सिंह कुँवरले गरेका हुन् ।

सो अवसरमा ‘असल बुहारी’ को रुपमा पोखरा–१४ का बुहारीहरुलाई सम्मान गरिएको थियो । प्रतिष्ठान अध्यक्ष कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सञ्चारकर्मी तृसना गुरुङले गरेकी थिइन् ।

यसअघि, स्रष्टाको २०७७ को वसन्तपञ्चमीमै जीवन कथा (आत्मकथा) प्रकाशित भएको थियो । त्यसमा केही छुटेका घटनाक्रम, प्रसंग अहिलेको भाग–२ मा समेट्ने प्रयास गरेको स्रष्टा कुँवरले बताए । उनका हालसम्म ‘जिन्दगी हाँसो भनेको त आँसु पो रहेछ’, ‘मनको देश’ र ‘अलिकति बाँच्न सिक्दा’ (कवितासंग्रह) ‘संयोग भनौं या भाग्य’ (उपन्यास), ‘नारी स्वतन्त्रता र त्यसमाथिको बलात्कार’ (निबन्धसंग्रह), ‘भूमिगत अभिव्यक्ति’, क्षेत्रबहादुर कुँवर (जीवनीसंग्रह), जीवन कथा (आत्मकथा) प्रकाशित भइसकेका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष उनी पोखराका विभिन्न स्कुलमा प्रधानाध्यापक एवं अध्यक्ष भइ सेवा पनि गरेका छन् । उनी छोरेपाटन मावि, धर्मस्थली निमावि, शुक्रराज बलभद्र माविका पूर्व प्रअ हुन् । साथै, निवृत्त शिक्षकहरुको संस्था निवृत्त शिक्षक समुदाय कास्कीका पूर्व अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->