पोखरा / प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले आइतबार कानुनी विवाह गरेका छन् । उनले कास्की जिल्ला अदालत पुगेर पोखरा महानगरपालिका–१७ की सर्मिला मित्रकोटीसँग विवाह गरेका हुन् ।
उनीहरुबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । परियारले शर्मीलासँगको प्रेमलाई विवाहमा परिणत गरेको जानकारी दिएका छन् ।





