पोखरा/ड्राइभिङ स्कुल संघ कास्कीले शनिबार एक कार्यक्रम आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरेको छ । आउँदै गरेका वडादसैं, तिहार र छठ पर्वको अवसरमा व्यवसायीहरुले आपसमा शुभकामना साटासाट गरेका हुन् ।
संघका अध्यक्ष चेतभक्त पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष पुरुषोत्तम रेग्मी, पूर्वअध्यक्ष मोहनबहादुर गुरुङ, गण्डकीका पूर्वअध्यक्ष वसन्त भट्टचन, पूर्व केन्द्रीय महासचिव उमेश सिके, प्रदेश अध्यक्ष तुलबहादुर ठकुरी, विष्णुप्रसाद पोख्रेल, उपाध्यक्ष गुप्तबहादुर रानाभाट, सचिव अमृत लम्साल लगायतले बोलेका थिए ।
अध्यक्ष पौडेलले सबै व्यवसायीको सल्लाह, सुझाव अनुरुप संस्थाले काम गर्ने बताए । उनले ड्राइभिङ स्कुल व्यवसायीका समस्याहरु सुल्झाउन योजनावद्ध रुपमा लाग्ने प्रणसमेत गरे ।





