आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

नरेन्द्र राउतलाई दौड उपाधि

नरेन्द्र राउतलाई दौड उपाधि


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८३, आइतबार

पोखरा/तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । पोखरा–२२, पुम्दी–भुम्दीमा शनिबार आयोजित प्रतियोगितामा निर्धारित ८ किमी दूरी उनले ३४ः३५ः८८ मिनेटमा पूरा गर्दै उपाधिसहित नगद ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

सुदूरपश्चिमका रावत गत वर्ष पनि च्याम्पियन बनेका थिए । गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट क्षेत्री तेस्रो भए । उनीहरुले क्रमशः ३० र १५ हजार साथमा मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा धीरजबहादुर बुढा चौथो र सरोज कुँवर पाँचौं हुँदै क्रमशः ७ र ३ हजार नगदसहित मेडल र प्रमाणपत्र पाए । छैटौंदेखि दशौंसम्म महेन्द्रबहादुर बुढाथोकी, श्रीकेश राई, पृथ्वीलाल राई, महेन्द्र घर्तीमगर र आशीष कुँवर पर्न सफल भए । उनीहरुले जनही १ हजार, मेडल र प्रमाणपत्र पाए ।

महिलातर्फ दीर्पा बस्नेत निर्धारित ८ किमी दूरी ४८ः१३ः४६ मिनेटमा पूरा गर्दै पहिलो भइन् । उनले नगद १५ हजार प्राप्त गरिन् । दोरपता कठायतले र मीनु बुढाक्रमशः दोस्रो र तेस्रोबने ।
यु १६ तर्फ कमल विक प्रथम, मुलुक सिंह खत्री दोस्रो र सक्षम बोहोरा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । पोखरा २२ वडाअन्तर्गत क्रिशल परियार प्रथम, सुयन विक, दोस्रो, कमल पौडेल तेस्रो, पुष्पराज बराल चौथो र सुजल परियार पाँचौं बने ।

भेट्रान्सतर्फ तेजबहादुर गुरुङ प्रथम भए । कमल गुरुङ तेस्रो, अनुप केसी चौथो र योगप्रसाद गुरुङ पाँचौ ठहरिए । विदेशी धावकतर्फ फ्रान्सका माथियस डियोन प्रथम, रसियाका अलेकजेन्डर दोस्रो र माइखाइलो तेस्रो भए । खुलाबाहेक बाँकी विधामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १५, १० र ७ हजार साथमा मेडल र प्रमाणपत्र दिइयो ।

विजयीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा २२ का वडाध्यक्ष हिमलाल बराल, महानगरका प्रमुख प्रशासकीय अधिकृत, राजन पौडेल, गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टंकप्रसाद ढकाल, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष शोभा गौतम, पर्यटन बोर्डका वरिष्ठ कार्यक्रम अधिकृत युवराज गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

सो अवसरमा पुम्दीभुम्दीको पर्यटन प्रवद्र्धन र स्थानीय क्षेत्रको विकासमा योगदान दिएका राज गुरुङ ‘लाला ’ र म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->