आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

नवदुर्गा कविता उत्सव

नवदुर्गा कविता उत्सव


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८३, आइतबार

पोखरा/कविता क्लबले वडा दसैँको अवसर पारी शनिवार पोखरामा ९ नारी कविको सामूहिक कविता वाचन आयोजना ग¥यो । ‘नवदुर्गा कविता उत्सव’ नाम दिइएको कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरू’, रीता अधिकारी ‘ऋतु’, छन्दिका त्रिपाठी, चन्द्रावती वाग्ले, गीता तिवारी, प्रतिमा गुरुङ, बिर्सना बस्नेत, लक्ष्मी थापा र जुना थापाले नारीशक्ति र नारी अधिकारसम्बन्धी कविता सुनाए ।

कविहरूले महिलालाई हेप्ने पितृसत्तात्मक समाजप्रति तीव्र रोष प्रकट गर्दै देवी वा यस्तै अन्य उपमा दिँदैमा मक्ख नपर्न नारीहरूलाई आह्वान गरेका थिए । उनीहरूले दसैँ, नारी अधिकार, नारीशक्ति र समसामयिक विषयमा कविता सुनाए ।

क्लबका अध्यक्ष रमेश श्रेष्ठले कविता क्लबले नेपाली कविताको उत्थानका लागि साठीको दशकदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । वाचित कविताको संक्षिप्त समीक्षा गर्दै उनले कवितामा प्रस्तुत विचारले नारीभित्र बर्सौँदेखि जकडिएर रहेका पीडा प्रस्तुत गरेको बताए । आगामी दिनमा कविताको विकासका लागि ‘स्कुलमा कविता’ कार्यक्रम आयोजना गर्नका लागि विभिन्न विद्यालयसँग कुरा भइरहेको पनि श्रेष्ठले जानकारी दिए ।

क्लबका उपाध्यक्ष पदमराज ढकालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->