बागलुङको उत्तरपश्चिममा १२८ वर्ग मिटरभित्र फैलिएको साविक चार वटा गाविस अमरभुमी, अर्गल, हिल र तारा साविक गाविस मिलेर वनेको ताराखोला गाउँपालिकाले आफ्नै भौगोलिक तथा सांस्कृतिक र सामरिक महत्व वोकेको छ। यही सामरिक महत्व बोकेको ताराखोला पालिका अन्तरगत खासगरी यहाँ वडा नं. २ अर्गलका समुदायले वि.सं. २०८३ को आउदै गरेको वडा दशैलाई कसरी मान्छन भन्ने बिवषयमा यहाँ चर्चा गर्ने पर्यत्न गरिएको छ ।
खासगरी ताराखोला गाउँपालिकालाई खुवा, भुमियार क्षेत्र पनि भन्ने गरिन्थ्यो । यस क्षेत्रमा मानव वस्ती वसोवास गर्ने क्रममा साविक अर्गल गाविसको ५ वटा वडा मानव जातिको वस्ती वसाईमा जेठो हो भन्ने भनाई छ । तर यहाँको चालचलन, सास्कृतिक मुल्य मान्यतालाई गहिरो अध्ययन गर्ने हो भने तारा गाऊँ र अर्गल गाउँ सगसगै जस्तो देखिन्छ। किनभने एक अर्कामा परापुर्व कालदेखि मानी आएका चालचलन, रितिरिवाजदेखि सवै कुरा एक अर्कामा परिपुरक रही जोडिएका छन ।
१४–१५ औ शताव्दी तिर होला पाल्पाको अर्गेली भन्ने ठाउँवाट घुमन्ते ज जीवनको उत्तरार्धमा यस अर्गल गाउँमा चार थर नामका मगर र एक थर नामका गोतामे विक समुदाय यस क्षेत्रमा आई वसोवास गर्न थालेको भनाई छ । घुमन्ते जीवनमा मान्छेहरू यस अर्गल गाउ वरिपरी सम्मो परेको जमिन देखेपछि खोरिया फाडेर र पाटा विराउन थालेका थिए ।
पाता विराउने क्रममा त्यतिवेला यस ठाउंमा ठुलो ढुङ्गा भेटियो रे, अहिले यो ढुङ्गा अर्गल गाउँको मौलो माई ढुङ्गाले परिचित छ । बेला वखत भन्ने गरिन्छ दिनऔका दिन मान्छेहरू पाता विराउने क्रममा ढुङगालाई फोड्ने साधन नभएको कारण लागिमिली उचालेर तलतिर झार्ने गर्थे रे।
तर विहानपख गई हेर्दा त्यस ढुङ्गा सरेर पुन आफ्नै ठाउमा वस्ने गरेको भनाई परापुर्वकाल देखि नै भन्ने गरिन्थयो । समाजको थरवुरा उमेरले सवै भन्दा जेठा मान्छेले यो भन्थे भन्ने भनाई अझैपनि बुढापकाबाट सु्न्न पाइन्छ । सो ढुङ्गा पटक पटक डोहोरीए पछि यस ढुङ्गा सर्नु वा अदलवदल हुनुमा केहि न केहि सत र शक्ति रहेको हुनुपर्छ भन्ने रहस्य मान्छेमा मनोवैज्ञानिक रूपमा पर्न गयो रे । त्यसपछि खासगरि वर्षे वाली भित्र्याएपछि यस ढुङ्गालाई हरेक वडा दशैमा शक्ति पिठको रूपमा पुज्न थालेको भनाई छ ।

मौलो ढुङ्गालाई मगर भाषावाट अपभरंश भई मै ल्हुङ आमाको जस्तो शक्ति र सह स्वभाव भएको ढुङ्गा भनि चित्रण गरिएको छ । जसले आफुसॅग वाड्ने चिजविच थोरै भएपनि धेरैलाई पुर्याउन सक्ने सहभएको न्यायको प्रतिक मानी मौलो माईको नाममा दशैमा पुज्ने चलन चलिआएको भन्ने भनाइ मगर भाषा तथा सॅस्कृति सम्वर्धन समितिका सचिव विर्वलाल घर्ति मगरले बताउछन् ।
यस मौलो माईमा पछिल्लो समय मन्दिरसंगै कोट घर पनि थपिदै गएको छ ।
पहिले ६० कोरिया हुदाँ मगर समुदायले आफुहरू आउदासगै लिएर आएको ८ वटा खोडा कोट घरमा एउटा माना, एक सुपो र खली मौलोमा चढाई राख्ने चलन अझै पनि यथावत छ। यस गॅाउको चालचलन र सामाजिक मुल्य मान्यता अनुसार प्रत्येक वर्षमा कुनै परिवारको सदस्य छुट्टिने र समाजमा नयॅा घर कोरिया थपिने सन्दर्भमा त्यो मान्छे सामाजिक हिसाव कितावमा समुदाय स्तरमा उत्तरदायित्व वहन गर्न सक्षम छ कि छैन ? आफ्नो पारीवारिक जिम्वेवारी पुरा गरेर पनि समाजमा लाग्ने आजा भेजा झारा तन्ता समाजले लगाएको काम जिम्वेवारी कति पुरा गर्न सक्छ भन्ने कुराको आधार वनाई कलिले फल्छ भन्नुको अर्थ समुहमा छलफल गर्ने गराउने, त्यस पछि निष्कर्ष पुग्नु भन्दा पहिले कुनै कसुर वाकी छ कि भनेर एकपटकल सुपोले केलाउने निफन्ने भुसहरू नराम्रा कुरा छुट्टाएपछि मौलोमा राखिएको मानाले सवै पञ्चलाई वरावरी भाग लगाई समानताको नमुना प्रकट गर्न खोजिएको छ ।
अर्गल गाऊमा वसोवास गर्ने कोहि परिवारको सदस्य छुट्टिएर छुट्टै वसेको खण्डमा सामाजिक हिसावले सो व्यक्ति मौलोमा समाजले लगाएको खिलो विलो दिनयोग्य छ छैन ? समुहमा छलफल गरि त्यस व्यक्तिलाई आजाभेजा झारा तन्ता लगाउने चलन चल्ती पनि छ।
वि.सं. १९९० को दशकमा भारतको काशीवाट एक जोगी घुम्दै यस मौलो माई घुम्दै आइ पुगेछन । उनले यस मौलो माई देखेपछि एक गजुर प्रदान गरी (त्यो गजुर अझै पनि देख्न सकिन्छ) यहॅाका भद्र भलादमीलाई एक मन्दिर निर्माण गर्न अनुरोध गरेका रहेछन् । उनले यस ठाउमा मन्दिर वनाएपछि अझै यस गाऊमा वस्ने मानिसहरूको फलिफाप हुने विश्वास दिलाएपछि मन्दिर निर्माण हुन पुग्यो भन्ने भनाई वयोवृद्द राम व रोकाको छ।
समय अनुकुल गल्कोटका अन्तिम राजा भरतवम मल्ल यस मन्दिरमा दर्शन गर्न आएपछि यस मन्दिरमा विशेष गरि वर्षे दशैमा ढकाल थरको पुजारी खटाई दिए । यस मौला माई मन्दिरमा गकुल ढकालको पुस्ताले धेरै समयसम्म मुख्य पुजारीको भुमिका निर्भाह गरे ।
मौलो पुजा अर्थात मौला माईको पुजा खास गरी दशरा वर्षे मुख्य वाली भित्र्याएपछि असोज महिना घटस्थापनाको अघिल्लो औसीका दिन सवै घरकोरियावाट एक एक जना व्यक्ति अनिवार्य मौलामाई मन्दिर स्थलमा भेला जम्मा हुने चलन छ ।
उक्त भेला भएपछि कसैले मन्दिर परिसरको सरसफाई गरिन्छ भने कसैले नवदुर्गा भरि पुग्ने गरी दाउराको चाजोपाजो मिलाईन्छ। समुहबाट छलफल गरी पुजारी छनोट गरिन्छ र त्यसै दिन देखी पुजारीवाट ढुपपट्टीको शुरूवात हुन्छ । यो निरन्तर प्रकिया दशैको टिकाको दिनसम्म चल्छ।
फुलपातीको दिनसम्म अविवाहित केटीहरूवाट मौलो माई मन्दिरलाई सरसफाई लिपपोत सजावट प्रत्येक विहान गर्ने गरिन्छ ।
फुलपातीको दिन विहानै सवै घर कुरियाका मान्छे जम्मा भएपछि सिगारपटारका लागि तोरण वाट्ने, धोजापतका वनाउने र तान्ने काम गरिन्छ । साथै मन्दिर भित्र भएका सवै हातहतियार सरसफाई पनि गरिन्छ ।
पुरानो लिङ्गो हटाएर नयॅा लिङ्गो भगवानलाई सम्झी रातो र सेतो धोजा वाढेर सो लिङ्गो बाजा गाजा सहित ठड्याउने गरिन्छ ।
लिङ्गो आलम पहिला वासको हुने गर्दथ्यो रे । पछि मन्दिर भन्दा लिङ्गो होचो भए अनिष्ट निम्तीन सक्ने भय त्रासको कारण सल्लाको आलम वनाउन थालिएको भन्ने जनविश्वास छ ।
यस मौला माई मन्दिरमा कसैका घरमा पुराना भई देवि देवताको रूप धारण अनुभुति गरेका वस्तु जस्तै ओदान, खोडा, खुकुरी छन भने त्यसैदिन मन्दिरमा चढाउने गरिन्छ। यदि कसैका मनमा केहि सपना देखियो भने मनोइच्छा पुरा गर्न घन्टी मुर्ति चढाउने गरिन्छ । आटेताकेको आफ्नो कामना पुरा हुने इच्छा पुरा हुने विश्वासमा परेवा उडाईन्छ । यस कार्यका लागि पंचवल हाल्ने चलन पनि रहेको छ ।
यस सन्दर्भमा वाग्लुङ नगरपालिकाको मुलपानी स्थित टंक सुनारको वावाले अर्गल रागदम वसी आफ्नो सुन कमाउने पेशा गर्दैगर्दा उनले मन्दिरमा तामाको मुर्ति आफै वनाई चढाएर उनी आफ्नो जन्म घरतिर लागे । त्यो चढाएपछि आर्थिक तथा पारिवारिक रूपमा निक्कै सफलता मिलेको र सन्तुष्टी भएको अहिले पनि पारिवारिक सदस्यहरुले बताउने गरेका छन् ।
वि.सं.२०४९ सालमा राम व घर्ति नावशाले आफुसॅग भएको सिप प्रयोग गरी बाघ र देविको मुर्ति निर्माण गरि चढाउने काम भयो । त्यसैगरी छमरि स्थित रामप्रसाद रोका र आगॅाखेत निवासी २०४४ सालमा वल व रोका र साईला भाई तथा छोरा मिलन रोकाको सपरिवारवाट घन्टी र गेट निर्माण गरिएपछि पारिवारिक सन्तुष्टी मिलेको भनाई छ । हरेक बर्ष देश विदेशमा वा स्वदेशमा वस्ने आफ्ना मनोआकाक्ष पुराहोस भनि पंचवल हाल्ने चलन अहिले पनि छ । कहिले काही काम गर्दैगर्दा अचानक लिङ्गो ठड्याउदा भाचियो पुजा आजा गर्दा विधी नपुगेको महशुस भयो र प्राकृतिक विपद र सॅकट पैदा क्षमा पुजा गर्ने चलन छ ।
अर्गल गाऊकोको राजनितिक तथा सामाजिक रूपले नेतृत्व गर्ने भद्रभलाद्मी सत्तासिन भद्र भलाद्मी भएमा पधाघिकारीबाट आफ्नो समाज र जनताप्रति सधै निस्वार्थ तरिकाले सेवामा समर्पित रहने छु भनी बाचा कसम खाने प्रतिज्ञा गर्ने चलन छ। अन्तत सारमा जे व्याख्या गरेता पनि हिजोका दिनमा राज्य संचालनको आधार यसलाई नै मान्न सकिन्छ । किनभने कलि सुपो माना मौलोमा प्रतिकात्मक राख्नुले समाजवादी रोलक्रममा यहाको राजनितिक प्रशासन, न्याय सम्पादन र आर्थिक कृयाकलाव व्यवस्थित रूपमा कसरी सञ्चालन हुने रहेछ भन्ने कुरा माथी उल्लेखित कृयाकलावलाई आधार मानी आगामी दिनमा गहिरो अध्ययनको विषयवस्तु वनाउन सकिन्छ । धन्यवाद





