पोखरा / नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । उनलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
उनीमाथि श्रमसचिव हुँदा मलेसिया कामदार पठाउने बहानामा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप लगाइएको छ ।
अर्यालविरुद्ध केही दिनअघि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी सहित १० जना पक्राउ परेका छन् ।
उनीहरुविरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।





