बिहिबार, मंसिर १० २०८३

बिहिबार, मंसिर १० २०८३
  • १० मंसिर २०८३ , बिहिबार
  • November 26 2026

हिंसा हटाउने वाचा

हिंसा हटाउने वाचा


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०८३, बिहिबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; sv:16.2.13.1.W20; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 30;

म्याग्दी/म्याग्दीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान औपचारिक रूपमा सुरु भएको छ। एकीकृत सेवा कार्यालय बेनी, म्याग्दी र मिलन म्याग्दीको आयोजनामा तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयमा बुधबार अभियान थालिएको हो ।

पहिलो दिन बेनीको वीरेन्द्रचोकदेखि सुरुआत भएको प्रभातफेरी जिल्ला समन्वय समितिको सभाहलसम्म पुगेर सकिएको थियोे । ¥याली, डकुमेन्ट्री प्रदर्शनी तथा सरोकारवालासँग अन्तरक्रिया गरिएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले अभियानलाई महत्वपूर्ण रूपमा लिनुपर्ने बताए । अभियानको पृष्ठभूमि र उद्देश्यबारे जानकारी गराउँदै कार्यक्रममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात डोमिनिकन गणतन्त्रको निरंकुश शासनविरुद्ध आवाज उठाउने तीन दिदीबहिनीको स्मरण तथा क्यानडामा युवाले सेतो रिबन लगाएर सुरु गरेको अभियानको ऐतिहासिक सन्दर्भ जोडिएको उल्लेख गरिएको थियोे ।

नेपाल सरकारले २०७५ सालदेखि औपचारिक रूपमा यो अभियान मनाउने निर्णय गरेअनुसार हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मंसिर १० देखि पुस २५)सम्म यो अभियान चल्छ । कार्यक्रमका सहभागीले लैंगिक हिंसा अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाउँदै ब्यानरमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रमका वक्ताहरूले हिंसा केवल महिला र बालबालिकाको मात्र नभई समग्र समाज र राष्ट्रकै साझा समस्या भएकाले परिवार, विद्यालय, समुदाय, स्थानीय तह, सरकारी निकाय र नागरिक समाज सबैको साझा जिम्मेवारीबाट मात्र हिंसामुक्त समाज निर्माण सम्भव हुने धारणा राखेका थिए ।

कार्यक्रमएकीकृत सेवा कार्यालय म्याग्दीका कार्यालय प्रमुख मिताकुमारी थापाको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->