बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३
  • ९ मंसिर २०८३ , बुधबार
  • November 25 2026

क्रिकेटमा बागमतीको विजयी सुरुवात

क्रिकेटमा बागमतीको विजयी सुरुवात


  • ढाेरपाटन संवाददाता
  • मंसिर ९ २०८३, बुधबार

पोखरा / दशौं राष्ट्रिय खेलकुद अन्तरगत आजबाट महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बागमतीले सुदुरपश्चिमलाई ७ विकेटले हराउँदै पहिला जित दर्ता गरेको हो ।

एक सय १३ रनको विजयी लक्ष्य पाएको बागमतीले १६ ओभरमा ३ विकेट गुमाउँदै एक सय १४ रन बनायो । हेलिसा गुरुङले ५५ रनको अविजित पारि खेलिन् । लक्ष्मी माया रुम्बा लामा २० तथा कञ्चन श्रेष्ठले १३ रन जोडिन् ।

सुदुरपश्चिमका लागि अनु कडायत र स्नेहा महराले समान १÷१ विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदुरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १२ रन बनायो । सुदुरका लागि अनु कडायतले २३ र रितु कनौजियाले १५ रनको अविजित पारि खेलिन् । मनिसा बोहोराले ३१ तथा स्नेहा महराले २२ रन बनाइन् । बागमतिका लागि अस्मिना कर्माचार्यले सर्वाधिक ३ विकेट लिइन् भने लक्ष्मी माया रुम्बा लामा र संस्कृति फुयालले समान १÷१ विकेट लिइन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->