पोखरा / कर्णाली प्रदेशमा जारी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मीले जित हासिल गरेको छ । बुधबार भएको लुम्बिनी प्रदेश विरुद्धको खेलमा ३–० को जित हासिल गरेको हो ।
आर्मीको जितमा भरत खवास, लाकेन लिम्बुले गोल गरे । खवासले खेलको २३ औं मिनेटमा गोल गरे । लाकेनले ५२ औं मिनेटमा गोल गरे भने ६४ औं मिनेटमा विकास राईले आत्मघाती गोल गरे ।





