पोखरा / दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बिहिबार गण्डकी प्रदेशले ७ खेलका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरेको छ ।
पुरुष फुटबलमा कर्णालीमाथी जित हासिल गरेको छ । यस्तै पुरुष क्रीकेटमा त्रिभुवन आर्मी संग खेल्नेछ भने महिलातर्फ बागमती प्रदेश संग खेल्ने छ । महिला बास्केटबलमा कोशी प्रदेश संग खेल्दै छ ।
यस्तै टेनिसका विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेको छ भने बक्सिङतर्फ ९ खेलाडीले प्रतिस्पर्धा गरिरहेको छ । सुर्खेतस्थित मुख्य कभर्डहलमा हुने प्रतियोगिताको क्वार्टरफाइनल तथा प्रारम्भिक चरणका खेलमा गण्डकीका खेलाडीले विभिन्न प्रदेश र विभागीय टोलीका खेलाडीसँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।
प्रतियोगिताको बिहीबारको खेलतालिकाअनुसार गण्डकीका खेलाडीले कुल नौ खेलमा प्रतिस्पर्धा गर्नेछन् । तीमध्ये पहिलो सेसनमा ६ र दोस्रो सेसनमा तीन खेल समावेश छन् ।
पहिलो सेसनमा गण्डकीका तर्फबाट ६० केजी तौल समूहमा चन्द्रबहादुर थापाले नेपाली सेनाका खगेन्द्र रोका मगरसँग प्रतिस्पर्धा गर्नेछन् । ६५ केजीमा मनबहादुर हमालले नेपाल प्रहरीका सोहन राईसँग भिड्नेछन् । यस्तै, ७० केजीमा निशान गुरुङले एपीएफका विक्रम चौधरीसँग प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, ८० केजी तौल समूहमा झलक रोकायाले एपीएफका अमिश थापासँग, ८५ केजीमा किरण बीकेले नेपाल प्रहरीका सम्राट थापा क्षेत्रीसँग र ९० केजीभन्दा माथिको तौल समूहमा सौगात गुरुङले सुदूरपश्चिमका ललित भट्टसँग प्रतिस्पर्धा गर्नेछन् ।
दोस्रो सेसनमा गण्डकीका तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिला ६० केजी तौल समूहमा रोमिया गुरुङले लुम्बिनीकी मुस्कान अग्रवालसँग भिड्नेछिन् । पुरुष ५० केजीमा आकाश रानाले कर्णालीका मोहन गुरुङसँग प्रतिस्पर्धा गर्नेछन् ।
<span;>त्यस्तै, पुरुष ७५ केजी तौल समूहमा रविन गुरुङले बागमतीका अभिषेक श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् ।





