बिहिबार, मंसिर १० २०८३

बिहिबार, मंसिर १० २०८३
  • १० मंसिर २०८३ , बिहिबार
  • November 26 2026

हाइड्रोहरूलाई जिम्मेवार बन्न आग्रह

हाइड्रोहरूलाई जिम्मेवार बन्न आग्रह


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०८३, बिहिबार

पोखरा/जिल्ला समन्वय समिति कास्कीले जलविद्युत क्षेत्रका समस्या र सरोकारका बिषयमा बुधबार छलफल गरेको छ । समितिका प्रमुख लीलाधर पौडेलले हाइड्रोपावरहरू नेपालको जलविद्युत विकास र जलस्रोतको उच्चतम उपयोगमा महŒवपूर्ण भएको भन्दैसंरक्षणमुखी उपयोग नीति अबलम्बन गर्न आग्रह गरे ।

जिल्लामा सञ्चालन हुने जुनसुकै विकास आयोजना पनि वातावरणमैत्री र जनमुखी हुनुपर्ने भन्दै प्रमुख पौडेलले आयोजनाहरूको दीर्घकालीन स्थायित्व र पूर्ण प्रतिफलका लागि सरोकारवाला विद्यमान नियम,कानुन र संवैधानिक व्यवस्थाप्रति पूर्ण उत्तरदायी र जिम्मेवार हुनुको विकल्प नरहेको उनले औंल्याए ।

केही आयोजना सञ्चालन र सम्पन्न गर्दा त्यसले प्राकृतिक स्रोत, साधन र जनजीवनमा पार्ने प्रतिकूल अवस्थाबारे केही जलविद्युत उत्पादन गर्ने कम्पनीले सम्झौता बमोजिम सञ्चालन नभएको, वातावरणीय प्रभाव मूल्यांकन नगरेको, सोको पूर्ण पालनामा अग्रसर नभएको, स्वीकृतीबिना रूख कटान हुने गरेको, वातावरण संरक्षण योजनाको कार्यान्वयनमा चुनौती देखिएको उनले औंल्याए ।

यस्ता लापरबाहीबारे जनगुनासो आएको र त्यस खालका गुनासा तत्काल न्यूनीकरणसहित निराकरण गर्न उनले अनुरोध गरे । कानुनी दायरा र दायित्वमा देखिएका कमजोरी नसच्चिए कानुनतः कारबाही अगाडि बढाउन राज्यका निकाय थप गम्भीर बन्न आग्रह गर्दै पौडेलले कतिपय राज्यका सरोकारवाला नियामक निकाय विद्युत नियमन आगोगसमेत निष्क्रिय देखिएको भन्दै उनले असन्तोष जनाए ।

प्रमुख पौडेलले अनिवार्य रूपले नियमित अनुगमन र सुपरिवेक्षण गर्न जोड दिए । पौडेलले जलविद्युत क्षेत्रमा देखिएका नीतिगत त्रुटि र कमजोरी सच्याउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत थप प्रभावकारी ढंष्ले कार्य गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा गण्डकीको उर्जा जलस्रोत मन्त्रालयका इन्जिनियर जीवन श्रेष्ठले जलविद्युतका संवैधानिक व्यवस्था, आयोजना वर्गीकरणका आधार र मापदण्ड, जल विकास गुरुयोजना, वातावरणीय प्रभाव मूल्यांकनसहित बिबिध पक्षबारे प्रकाश पारे । कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल, सूचना अधिकारी लक्षु शर्मा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->