बिहिबार, मंसिर १० २०८३

बिहिबार, मंसिर १० २०८३
  • १० मंसिर २०८३ , बिहिबार
  • November 26 2026

महिला क्रिकेटमा गण्डकी पराजित

महिला क्रिकेटमा गण्डकी पराजित


  • ढाेरपाटन संवाददाता
  • मंसिर १० २०८३, बिहिबार

पोखरा /  दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटमा गण्डकी प्रदेशले बागमती प्रदेशसंग ८ विकेटको हार व्यहोरेको छ ।
बिहिबार भएको आफ्नो पहिलो खेलमा गण्डकीले हार व्यहोरेको हो । एक सय ११ रनको विजयी लक्ष्य पाएको बागमतीले १७.५ ओभरमा २ विकेट गुमाउँदै पुरा ग¥यो । बागमतीका लागि विपिशा शाहीले अविजित अर्धशतकीय पारी खेलिन् । ४६ बलमा ६ चौका प्रहार गर्दै ५० रन जोडिन् । लक्ष्मी माया लामा १३ रनमा अविजित रहिन भने ओपनर हेलिसा गुरुङ २७ तथा कञ्चन श्रेष्ठ ९ रनमा रन आउट भइन् ।

त्यस अघि विरेन्द्रनगर क्रिकेट मेदानमा टस जितेर ब्याटिङ थालेको गण्डकीले २० ओभरमा एक सय १० बनाउँदै अलआउट भयो ।
गण्डकीका लागि ओपनर आयुस्मा चापागाईँले २१ रनको योगदान दिइन् । उनले ३७ बलको सामना गर्दै १ चौका प्रहार गरिन् । सलिना सेन ९, चन्द्रमाया बराल १७, सिर्जना पौडेल १७ रनमा आउट भइन् । रेखा तामाङ १, सिमाना केसी ५, सेरिना थापा ८, कुशुम गोदार ७, धनकुमारी क्षेत्री शुन्य र यशोदा भुजेल १ रनमा आउट भइन् ।
बागमतीका लागि लक्ष्मी माया रुम्बा लामाले ३, संस्कृति नगरकोटी र सम्भव ढकालले समान २÷२ तथा सृजा घिमिरेले १ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->