पोखरा ÷ दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष क्रिकेटमा गण्डकी प्रदेशले हार व्यहोरेको छ । एक सय ७८ रनको विशाल विजयी लक्ष्य पछ्याएको गण्डकी १७ ओभरमा एक सय १० रनमै स्तब्ध रह्यो ।
गण्डकीको सुरुवात राम्रो रहेपनि त्यो जितका लागि पर्याप्त रहेन् । ओपनर इश्वर क्षेत्रीले २६ रन बनाए । उनले १५ बलमा ५ चौका प्रहार गरे । सोहिल कुँवरले २२ रन जोडे । उनले २१ बलमा ३ चौका प्रहार गरे । करण पगेनी ९ रनमा आउट भए । सिब्रिन श्रेष्ठले १२ रन जोडे । उनले १३ बलमा १ छक्का प्रहार गरे । सन्दिप खत्र्री क्षेत्री ३ रनमा आउट हुँदा वंश क्षेत्रीले १६ रन जोडे । उनले ११ बलमा ३ चौका प्रहार गरे ।
कप्तान विपिन खत्रीले ३ बलमा १ छक्का प्रहार गर्दै ६ रनमात्रै बनाए । यस्तै सुदिप अर्याल ८, कृष्ण पौडेल शुन्यमा आउट भए भने मुस्कान थापा शुन्यमा रिटायर्ड आउट भए ।
आर्मीका लागि तिलकराज भण्डारीले सर्वाधिक ५ विकेट लिए । नरेश साउदले २ तथा कुशल मल्लले १ विकेट लिए ।
त्यसअघि कालिन्चोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ७७ रन बनायो । आर्मीका लागि अर्जुन साउदले ८, तिर्थराज दासले २४, भिम सार्की शुन्य, कुशल मल्ल ३६, विनोद भण्डारी ३६ रनमा आउट भए । यस्तै वसिर अहमद २७, नरेश साउद ५, पवन कार्की ७, आकाश चन्द शुन्यमा आउट भए । दुर्गेश गुप्ता १२ र तिलक राज भण्डारी १ रनमा अविजित रहे ।
गण्डकीका लागि कप्तान विपिन खत्रीले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै कृष्ण पोडेल र सुदिप अर्यालले २÷२ तथा अपराजित पौडेलले १ विकेट लिए ।





