शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

सान्त्वना जितसहित सिरिजको अन्त्य गर्न चाहन्छ भुटान

सान्त्वना जितसहित सिरिजको अन्त्य गर्न चाहन्छ भुटान


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८३, शुक्रबार

पोखरा/भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली यतिबेला नेपाल भ्रमणमा छ । मलेसियामा यहि असोज १७ देखि सुरु हुने टी–२० विश्वकपको उपक्षेत्रीय छनोटको तयारीका लागि भुटानी टोली नेपाल आएको हो ।

पोखरामा चलेको सिरिजमा भुटानले तीन खेल खेलि सकेको छ । सिरिज अन्तरगत गण्डकी प्रदेशसंग २ तथा नेपाल ११ संघ २ खेल खेल्ने तालिका अनुरुप भुटानले खेल खेलेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा अभ्यास खेल खेलिरहेको भुटानले आज अन्तिम खेल खेल्दैछ । बिहिबार नेपाल ११ संघ १३ रनको हार व्यहोरेको भुटानी टोली आज सान्त्वना जितका साथ उपक्षेत्रीय छनोटका लागि मलेसिया जान चाहान्छ ।

बिहिबार १२४ रनको विजयी लक्ष्य पाएको भुटानले २० ओभरमा ९ विकेट गुमाउँदै ११० रनमात्रै जोड्न सफल रह्यो । भुटानका लागि ओपनर नाम्गे थिन्लेले सर्वाधिक २९ रनको योगदान दिएपनि जितका लागि पर्याप्त रहेन । उनले ४४ बलको सामना गर्दै ५ चौका प्रहार गरे ।

आनन्द मोनगर १४ र सोनम यासहे १ रनमा अविजित रहे । तेन्जिन रब्गे ुशन्यमा पेभिलियन फर्किदाँ सोनम छोप्लेले १९ रन जोडे । रनजंग मिक्यो डोर्जी १३, गकुलकुमार घले शुन्यमा आउट भए । थिङले जाम्तसो १९, छिरिङ तासी ९, तासी दोर्जी शुन्य रनमा आउट हुँदा कर्मा दोर्जी ४ रनमा रनआउट भए ।

क्यान ११ का लागि विपिन शर्माले ४ ओभरमा १ मेडनसहित सर्वाधिक ३ विकेट लिए । कप्तान विपिन खत्री र युवराज खत्र्रीले २÷२ तथा दयानन्द मन्डलले १ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको क्यान ११ ले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनमात्रै जोड्न सफल रह्यो । क्यान ११ का लागि कप्तान विपिन खत्रीले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर अर्जुन कुमालले २५ रन जोडे । उनले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे । विपिन र अर्जुन बाहेक क्यान ११ का अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

तिर्थराज दास ४, मायक यादव ८, दिपक प्रसाद डुम्रे २, सोहिल कुँवर १, रसिद खान ८, युवराज खत्री ८ र आकाश चन्द २ रनमा आउट भए । विपिन शर्मा ३ रनमा नटआउट रहे । भुटानका लागि थिन्ले जाम्त्सो, गकुल कुमार घले र सोनम यासेले २÷२ तथा कर्मा दोर्जी र नाम्गे थिङले ले १÷१ विकेट लिए । यसअघि भुटानी टोली गण्डकी प्रदेशको टोलीसंग २ खेल खेल्दै दुवै खेलमा हार व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->