गोरखा / चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकीमा आएको बाढी बिहान ७ः३० बजे सोती बजार आइपुगेको छ । बाढीले सोती बजारमा रहेको पुल र केही टहराहरु बगाएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
बाढीले दोभानको बेलिब्रिज पनि बगाएको छ । धार्चे गााउँपालिका उपाध्यक्ष सुनिला गुरुङका अनुसार दोभानको पुल, केरौंजा जाने पुल र केही बस्तीका घरहरु बाढीले बगाएको छ । गोरखाको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएपछि उद्धारको लागि हेलिकोप्टर परिचालन गरिएको छ ।



