मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

किसानलाई मल र बीउ

किसानलाई मल र बीउ

किसानलाई जैविक मल उत्पादनमा संलग्न गराइ रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै वातावरणमैत्री कृषि प्रणाली प्रवद्र्धन गर्ने लक्ष्यसहित २ सय ६० कृषकलाई बीउ र २ हजार किलो गड्यौला मल वितरण ।


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०८२, सोमबार

पोखरा/वडास्तरीय कृषि सञ्जाल पोखरा ६ बैदामको समन्वयमा २ सय ६० कृषकलाई बीउ र २ हजार किलो गड्यौला मल वितरण गरिएको छ ।

किसानलाई जैविक मल उत्पादनमा संलग्न गराइ रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै वातावरणमैत्री कृषि प्रणाली प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको कृषि सञ्जाल बैदामकी अध्यक्ष बिन्दा धरेलले जानकारी दिइन ।

उक्त कार्यक्रममा पोखरा महानगर पालिकाको प्राविधिक तथा वडा समितिको कार्यलय वडा नम्बर ६ बैदामको आर्थिक सहयोग तथा वडास्तरीय कृषि सञ्जाल बैदामको समन्वयमा कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगर पालिका वडा नं–६ बैदामका अध्यक्ष विष्णुबहादुर भट्टराईले रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति कमजोर बनाउँदै लगे पनि गड्यौला मलले जमिनलाई पुनः उर्वर बनाउने भएकाले यसले स्वस्थ वातावरण निर्माणमा टेवा पुग्ने बताए ।

पोखरा महानगर पालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले कार्यक्रममा उपस्थित कृषकहरूलाई प्रशिक्षण दिदैँ जैविक कृषि प्रणालीलाई प्रवद्र्धन गर्दै गड्यौले मल उत्पादनमा कृषकलाई संलग्न गराउन आग्रह गरे ।

पोखरा महानगर पालिका वडा नं – ६ वडा सदस्य पवित्रा थापाले वितरण गरिएको मल र बीउलाई उत्पादनमा प्रयोग गरि अर्गानिक उत्पादन गर्ने कृषकलाई आग्रह गरिन ।

पोखरा महानगर पालिका वडा नं. ६ का सदस्य बासु बरालले कृषिमा आत्म निर्भर गराउँदै कृषि उपज निर्यात गर्न सके कृषकहरूको समृद्धिको बाटो खुलाउनतर्फ सरकार लाग्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->