आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पत्रकार महासंघ बागलुङले मिडिया मेला आयोजना गर्दै

पत्रकार महासंघ बागलुङले मिडिया मेला आयोजना गर्दै

मिडिया मेलामा फोटो प्रर्दशनी, बागलुङको पत्रकारिता र नेपालकै पत्रकारिताको आयाम बारे प्यानल छलफल गरिने


  • ढाेरपाटन संवाददाता
  • माघ १८ २०८२, आइतबार

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङले आगामी चैत २० र २१ गते मिडिया मेला गर्नका लागि तयारी अगाडि बढाएको छ । शनिबार महासंघका पदाधिकारी सदस्य तथा सबै संगठनका अध्यक्ष तथा प्रतिनिधि र पूर्व अध्यक्षहरु समेतको बृहत बैठकले महासंघले तयार गरेको प्रस्तावनाालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

महासंघको रजत बर्षको अबसरमा मिडिया मेला गर्न लागिएको हो । मिडिया मेलामा फोटो प्रर्दशनी, बागलुङको पत्रकारिता र नेपालकै पत्रकारिताको आयाम बारे प्यानल छलफल गरिने भएको छ । त्यसकालागि महासंघले काम थालिसकेको अध्यक्ष राम थापा ‘अबिरल’ले जानकारी दिए । प्यानल डिस्कर्सनकालागि पर्यटन प्रवद्र्धन, स्थानीय मिडिया सवलीकरण र राष्ट्रिय बिषय गरी चरणबद्द छलफल हुने बताइएको छ ।

त्यस बाहेक उक्त अबसरमा लाइभ पेन्टीङ, सांस्कृतिक कार्यक्रम, मिडिया तथा संचारकालागि उपायेग भएका र उपलब्ध हुन सक्ने सबैखाले उपकरण र सामाग्रीको प्रर्दशनी समेत गरिने भएको छ । त्यसका लागि उपाध्यक्ष सुवास आचार्य संयोजक रहेको समिति गठन गरिने छ । त्यस्तै अर्का उपाध्यक्ष सिर्जना पन्त संयोजक रहने गरी विद्यार्थीसँग भित्तेलेखन कार्यक्रम, कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’को संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति समेत गठन गरिएको छ ।

सहसचिव डम्बर बुढा नेतृत्वमा फोटो प्रर्दशनी र अर्का सहसचिव नवराज नेपालीको संयोजकत्वमा सांस्कृतिक क्रियाकलाप समिति गठन गरिएको हो । बैठकले आसन्न निर्वाचनलाई लक्षित गरेर आचारसंहिता पालनामा पत्रकार सचेत बन्नुपर्ने र महासंघको गरिमा बढाउने काममा सबै लाग्नुपर्ने छलफल गरी निष्कर्ष निकालिएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->