पोखरा / तत्कालीन नेकपा एस कास्कीका उपाध्यक्ष झविन्द्रराज रेग्मीसहितको टोली आज एमालेमा प्रवेश गरेको छ । एमाले कास्कीले आयोजना गरेको घर फर्क कार्यक्रममार्फत झविन्द्रसहितको टोली एमालेमा फर्किएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भाइ शिवराज आचार्यसहित ३ सय बढी कार्यकर्ता एमालेमा प्रवेश गरेको कास्की एमालेले जनाएको छ । उनीहरुलाई एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले पार्टीमा स्वागत गरेका छन् ।







